शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब वाग्मतीमा पनि हाइड्रोपावर , असारमा २२ मेगावाट बिजुली

मङ्गलबार, ०१ फागुन २०७४, १३ : ५९
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं – वाग्मतीमा कति पानी हुन्छ ? काठमाडौँमा बस्ने सबैले देखेकै छन् । हिन्दु धर्मले वाग्मतीलाई पवित्र नदीको संज्ञा दिएको छ । वाग्मतीलाई नदी होइन ढलको रुपमा देखिएको पनि लामै समय भयो । पानी भन्दा फोहोर बढी बग्छ भन्छन् जान्ने बुझ्नेहरु वाग्मतीमा ।
तर वाग्मतीमा नै २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ भन्ने एक्कासी सुन्दा तपाईलाई कस्तो लाग्ला ? पक्कै पनि लाग्छ , यो अस्वभाविक छ, यो हुनै सक्दैन । तर अस्वभाविक लागेको छ र जुन हुनै सक्दैन भनिएको छ, त्यही हुन लागेको छ ।
माण्डु हाइड्रो पावरले आगामी असार मसान्तदेखि २२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । ललितपुर र मकवानपुरको सीमामा  वाग्मती नदीमा निर्माण गरिएको आयोजनाको करिब ८० प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाकाअनुसार २०७२ जेठबाट निर्माण थालिएको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको काम एकसाथ काम भइरहेका छ ।
आयोजनाका इन्जिनियर रत्न बम्जनकाअनुसार आयोजनाको २ हजार ४४० मिटर लामो सुरुङ गत शुक्रबार नै ब्रेक थ्रू भएको छ ।
सुरुङ निर्माणमा पहिलो पल्ट नेपाली कम्पनीले नै काम सम्पन्न गरेको हो ।  साउथ एसियन इन्फ्रास्ट्रक्चरले सो सुरुङ निर्माण गरेको हो । बढीमा आगामी चार महिना भित्र सुरुङ, बाँध र विद्युत् गृहको काम पूरा हुनेछ ।
 आयोजनाबाट विद्युत् कुलेखानी पहिलोको सवस्टेशनमा लगेर जोड्ने तयारी गरिएको छ । आयोजनाको कुल लागत ४ अर्ब रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप