शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको कान्दारमा भीषण हवाई कार्वाही, ४३ जना मारिए

मङ्गलबार, ०१ फागुन २०७४, १५ : ५१
मङ्गलबार, ०१ फागुन २०७४

एजेन्सी– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सोमबार रातभर गरेको हवाई आक्रमणमा ४३ तालिवानी लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले मङ्गलबार बताएका छन् ।  घटनामा कम्तिमा २० जना अन्य लडाकू घाइते भएका बताइएको छ ।

तालीवान लडाकूले अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध प्रान्तको नेस जिल्लामा आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन् । 

सेनाले हवाई आक्रमण शुरु गरेपछि कैयौँ तालिवानी लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ ।  घटनास्थलबाट तालिवान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा वन्दोवस्तीका सामान तथा ठूलो पैमानामा विस्पोटक पदार्थ नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ । 

सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई पनि असर परेको छैन । तालिवानी समूहबाट घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप