के दिउँ तिमीलाई ‘भ्यालेन्टाइन डे’को उपहार ! (फोटोफिचर)
काठमाडौं– बुधबार भ्यालेन्टाइन डे । प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गरी मनाउने दिन । यसो त भ्यालेन्टाइन डेकै दिन औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन पनि युवापुस्तामा रहेको छ ।
पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ ।
भ्यालेन्टाइन डेका लागि आफ्नो प्रेमीलाई दिने उपहार किन्नका लागि राजधानीका विभिन्न गिफ्ट सेन्टरमा युवायुवतीहरुको चहलपहल देखिएको छ । आज दरबारमार्गलगायतका विभिन्न स्थानमा पुग्दा गिफ्ट पसलहरुमा युवायुवती गुलावसहितका विभिन्न प्रेमभाव झल्काउने उपहार किन्नमा व्यस्त देखिन्थे ।
कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
इसार्पूव २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए ।
तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई भ्यालेन्र्टाईन डे को रुपमा मनाइँदै आएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै