शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

औपचारिक रुपमा बक्स अफिस शुरु

मङ्गलबार, ०१ फागुन २०७४, १७ : २९
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौ– नेपाल चलचित्र बिकास बोर्डले ७ फाल्गुनदेखि लागू हुनेगरी बक्स अफिस प्रणाली ‘इ टिकेटिङ’ शुरु गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले ‘इ टिकेटिङ’ शुरुको शुभारम्भ गरे । 

कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री बस्नेतले बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा लागु भएकोमा खुसी प्रकट गरे ।  बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी कार्यक्रममा उपस्थित रहेका थिए । 

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ । जसको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर सञ्चालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ ।

इ टिकेटिङ सिष्टम बैशाख १ देखि उपत्यकाको सम्पूर्ण चलचित्र भवन र श्रावण १ देखि उपत्यका बाहिरका चलचित्र भवनमा जडान गरिने जानकारी कार्यक्रममा बोड अध्यक्ष पौडेलले दिएकी छन् ।  बक्स अफिस प्रणाली पूर्णरुपमा लागू भएपछि चलचित्रका निर्माताहरुलाई मात्र हैन सिनेमा हल संचालक, वितरकहरुलाई समेत फाइदा पुग्ने बोर्ड अधयक्ष पौडेलको तर्क छ । 

बक्स अफिस प्रणालीद्धारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउँनेछन्  बक्स अफिस कार्यान्वयन समिति संयोजक नरेन्द्र महर्जनले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप