नारायणगढ–मुग्लिन सडक खण्डको काम छिटो सक्न मुख्यमन्त्रीको निर्देशन
काठमाडौं– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढ–मुग्लिन सडकखण्डको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको मंगलबार अनुगमनपछि मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
नारायणगढ मुग्लिन सडक खण्ड प्रदेश नम्बर ३ को मुख्य सडकखण्ड रहेको भन्दै उनले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी समेत दिए । २०१५ को अप्रिलमा सुरु भएको सो सडक बिस्तारको कामको तीनपटक सम्म म्याद थप गरि सकिएको छ ।
पछिल्लो म्याद अनुसार २०१८ को फेब्रुअरी २० सम्ममा काम सक्नुपर्ने भएपनि त्यसो हुन नसकेपछि पुन म्याद थपको तयारी भईरहेका बेला मुख्यमन्त्री पौडेलले अबको म्याद थपनै अन्तिम हुनुपर्ने तर्फ सचेत गराए ।
त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले नीतिगत रुपमा सुधार गरेर विकास निर्माणका कामलाई तीब्रता दिने बताए । सडक अनुगमनमा प्रदेश नम्बर ३ का सांसदहरु विजय सुवेदी, दावादोर्जे लामा, रिना गुरुङ लगायत पनि सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन