शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, ०२ फागुन २०७४, ०६ : ११
बुधबार, ०२ फागुन २०७४

आजको राशिफल
बि.स.२०७४ फाल्गुन ०२ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रवरी १४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि चतुर्दशी ४४ घडी ५९ पला,बेलुका १२ बजेर ४४ मिनेट उप्रान्त औंषि । नक्षत्र श्रवण । योग व्यातिपात २२ घडि ३५ पला,बेलुका ५ बजेर ४७ मिनेट उप्रान्त वरियान । करण भद्रा,बिहान ११ बजेर ४९ मिनेट उप्रान्त शकुनि,बेलुकी १२ बजेर ४४ मिनेट उप्रान्त चतुष्पद । 

आनन्दादिमा धत्र योग । चन्द्रराशि मकर । 
काठमाडौंमा सूर्योदय ६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ५२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

शुभ अंक — १

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा लगानि गर्न केहि समय कुर्नुनै पर्नेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा बिलम्ब शुल्क तिर्नुपर्ने हुँन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुँनेछ । संगल गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा बिचार गर्नुहोला कष्टकर पनि हुँन सक्छ ।

शुभ अंक — २  

शुभ रंग —   सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

शुभ अंक — ४

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

शुभ अंक —१

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपाईलाई पछि छाड्नेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । व्यापार व्यावसायमा लगानि गरिहाल्ने बाताबरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चेटिने अधिक सम्भावना रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउँन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुँन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

शुभ अंक — ७

शुभ रंग — सेतो

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानिका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुँने योग रहेकोछ । दैनिक जविनलाई सहज हुँने छोटो तथा रमाईलो यात्रा हुँनेछ । धर्म कर्ममा मन जाने हुँनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुँनेछ । पढाई लेखाईमा मन नजादा अन्य प्रतिष्पर्धिहरु भन्दा पछि परिनेछ । व्यापारमा लगानि गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यावसाय थालनि नगर्नुनै राम्रो रहकोछ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो रहेकोछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

शुभ अंक —२

शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुँनेछ 

शुभ अंक —३

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानिको तुलनामा खर्च कम हुँने हुँदा फाईदा हुँने क्षेत्र खोजेर लगानि गर्न सकिनेछ । व्यापार तथा शेयरबजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्यमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनितिमा लाग्नेहरुले राज्यबाट बिषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ । 

शुभ अंक — ३

शुभ रंग — सुन्तला

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप