शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले-माओवादी एकता : एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय !

बुधबार, ०२ फागुन २०७४, १० : १२
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् ।
अगे्रजी दैनिक पत्रिका द हिमालयन टाइम्समा प्रकाशित समाचार अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् । 
हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू वान’ संवादमा ओली र प्रचण्ड पार्टी अन्तरिम विधान, राजनीतिक दस्तावेज र अन्तरिम संगठनात्मक ढाँचा बनाउन कार्यदल बनाउन पनि सहमत भएका छन् । 
सामन्य त कम्युनिष्ट पार्टीको पोलिटव्यूरो केन्द्रीय समितिको एक तिहाई हुन्छ । यदि ९९ सदस्य केन्द्रीय समिति बन्यो भने ३३ जनाको पोलिटव्यूरो हुनेछ र ११ जनाको स्थायी समिति बन्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप