बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कसले दिने ? प्राधिकरण भन्छ– लोडसेडिङ छैन, जनता भन्छन्– तनाव भो !

बुधबार, ०२ फागुन २०७४, ११ : ०१
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले नेपाल भित्र कहि कतै पनि लोडसेडिङ नभएको दावी गर्ने गरेको छ । औद्योगिक कोरिडोरमा आधिकारिक रुपमा नै दैनिक ४ घन्टा विद्युत् कटौती गर्दै आएको छ । तर अन्य घरायसी प्रयोजनका लागि कही कतै पनि विद्युत कटौती नगरेको दावी गरेपनि सबैभन्दा बढी राजधानीमा नै विद्युत् कटौती हुने गरेको छ ।

अघोषित रुपमा राजधानीमा विभिन्न स्थानमा न्यूनतम ४५ मिनेट र अधिकतम डेढ घन्टासम्म विद्युत् कटौती हुने गरेको छ । राजधानीको मुख्य स्थानमा नै बढी जसो दैनिक साँझ र विहान विद्युत् काटिएपछि उपभोक्ता भने हैरान भएका छन् ।

राजधानीको ठमेल, बाजालु, माछापोखरी, महराजगन्ज, बानेश्वर, कोटेश्वर, कलंकी र खसीबजार क्षेत्रमा दैनिक साँझ विहान नै बढीमा दुई घन्टासमम पटक पटक विद्युत् कटौती हुने गरेको स्थानीयले गुनासो गरेका छन् । विद्युत् किन काटिएको हो , लोडसेडिङ भएको हो भन्दै नो लाइटमा दर्जनौ फोन बज्ने गरेका छन् । तर प्राधिकरणले उपभोक्तालाई कुनै पनि जानकारी गराएको छैन ।

प्राधिकरणले उपत्यकाको वितरण प्रणाली सुधार गर्दै आए पनि यसको परिणाम देखिन नसक्दा उपभोक्ता मर्कामा परेका छन् । सामान्य हुरी बतास वा पानी पर्नासाथ विद्युत् आपूर्ति अवरुद्ध हुने पुरानो समस्या अझै पनि कायम रहेको बताइएको छ ।

काठमाडौँ उपत्यकामा रहेको वर्षौ पूरानो वितरण प्रणालीका कारण पनि विद्युत् प्रवाहमा समस्या आएको छ । भित्री शहर र बस्तीको वितरण प्रणाली भगवान भरोसामा चलीरहेको छ भन्दा फरक पर्दैन ।
सामान्य हावा वा पानी पर्नासाथ तार चुँडिने, मिटर बिग्रने, ट्रान्सफर्मर बिग्रने वा जल्ने लगायत समस्या दोहोरिने गरेको प्राधिकरणले जनाएको छ ।

पुरानो तार तथा पोल फेर्ने, मिटर, ट्रान्सफर्मर मर्मत गर्ने, सबस्टेसन स्तरोन्नती गर्दै आएको जनाएको छ । विद्युतीय प्रणाली सुधारका लागि पटक पटक प्रयास गर्दा समेत समस्या समाधान हुन सकेको छैन ।
कतिपय स्थानमा  त  मर्मत गरेर सञ्चालन गरेको एक दिन पनि नबित्दै समस्या आएको छ । पछिल्लो दिनमा पुतलीसडक फिडरमा सबैभन्दा बढी समसया देखिएको छ ।

यस्तै  माइतीघर, बिजुलीबजार, थापाथली, बबरमहल, बानेश्वर, थापागाँउलगायत ठाउँमा पनि पटक पटक विद्युत् आपूर्ति बन्द भएको छ । ठमेल र गल्कोपाखा क्षेत्रमा पनि लगातार विद्युत् कटौत िभएको छ । स्थानीय ११ केभी फिडरमा समस्या आउँदा लैनचौर मल्ल होटल, गल्कोपाखा दोबाटो, ठमेललगायत क्षेत्रमा आपूर्ति बन्द हुने गरेका छन् ।

तर के कारण विद्युत् प्रवाहमा समस्या भएको हो, सो बारेमा केही बताइएको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमना घिसिङले सामान्य प्राविधिक समस्याका कारण केही स्थानमा केही समय विद्युत् काटिएको हुन सक्ने  प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप