बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोर्खा बियरको अनलाइन क्याम्पियनले पायो म्याड ओभर मार्केटिङबाट प्रशंसा

बुधबार, ०२ फागुन २०७४, ११ : २२
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई गोर्खाको भाइरल क्याम्पियनलाई अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट ) मा स्थान दिएको छ ।

गोर्खाको नयाँ क्याम्पियनको सिरिजमा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ । जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाउनुकासाथै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ ।

आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एम.ओ.एम) लाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् । 
उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एम.ओ.एम परिचित छ । एम.ओ.एमलाई अनलाइन मार्केटिङ क्रिटिक साइटहरुको ओस्कर भन्दा फरक पर्दैन ।
गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै रुचाएका छन् । यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम.ओ.एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ ।

गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, ‘यो क्याम्पियन साँच्चै नै अद्वितीय छ । गोर्खाको भावलाई हामी सलाम गर्छौं ।’
म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले भनेका छन्, ‘गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सृजना गरेको छ । एउटा टिपिकल एल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप