निर्वाचन आयोगले आज साँझ निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको अन्तिम नतिजा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।
गत मंसिर १० र २१ गते भएको प्रतिनिधसभातर्फको परिणाम आयोगले आज राष्ट्रपतिलाई बुझाउन लागेको हो ।
आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि दलहरुलाई नयाँ जनमतका आधारमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ गर्दै आएको थियो ।
यसैवीच बुधबार आयोगले राष्ट्रपतिलाई निर्वाचन नतिजा बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भएका छन् । त्यसअघि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बैठक बोलाउने तयारी पनि गरेका छन् । देउवाले ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको सरकारका एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार आजको मन्त्रिपरिषदमा प्रधानमन्त्रीले राजिनामाका क्रममा सम्बोधन गर्ने विषयबस्तुका बारेमा मात्रै छलफल हुनेबताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ