केन्द्रीय संस्करण

प्रदेश १ र ५ ले आज मुख्यमन्त्री पाउँदै

person access_timeफागुन २, २०७४ chat_bubble_outline0

काठमाडौं–  बुधबार प्रदेश १ र ५ ले मुख्यमन्त्री पाउने भएका छन् । यी दुवै प्रदेशका प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न लागेका हुन् । 
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता शेरधन राई नियुक्त हुनेछन् भने प्रदेश ५ मा ५ एमालेकै शंकर पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि राइ र पोखरेलले बुधबारै शपथग्रहण गर्ने र सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 
यसअघि प्रदेश नम्बर ३ ले मुख्यमन्त्री पाइसकेको छ भने अन्य प्रदेशमा फागुन ४ गतेसम्म मुख्यमन्त्री नियूक्त भैसक्नेछन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ