शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी पिएर श्रीमती कुट्नेलाई सिस्नोपानी र केश मुण्डन

बुधबार, ०२ फागुन २०७४, ११ : ५२
बुधबार, ०२ फागुन २०७४

प्रेम सुनार,गुल्मी– गुल्मीको वलिथुम गाउँमा जाँडरक्सी सेवन गरी श्रीमती कुटपिट गर्ने एक पुरुषलाई स्थानीय महिला समुहले बाँधेर गाउँ डुलाउँदै केश मुण्डन र सिस्नोपानी लगाएर सजाय दिएका छन् । 
गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ , वलिथुम निवासी ईस्वरी भण्डारीलाई महिलाहरुले यस्तो कारवाही गरेका हुन् । उनकी श्रीमती ईन्द्रकला भण्डारीले महिला समुह गुहारेपछि गाउँका महिलाहरु जुटेर भण्डारीलाई डोरीले बाँधेर गाउँ डुलाउदै  कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान कसेका थिए ।
उनकी श्रीमति इन्द्रकलाले रातदिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भएपछि महिला समुह गहारेको बताइन् । एक सन्तानकी आमा ईन्द्रकलाले आफुले मजदुरी गरेर खान समेत नदिने तथा कुटपीट गर्ने गरेको गुनासो गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप