शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हरिबंश र दीपक एकै दिन बने सम्धी (तस्बिरसहित)

आइतबार, १८ असार २०७४, १४ : ०३
आइतबार, १८ असार २०७४

काठमाडौ – शनिबार काभ्रेको धुलिखेलमा कलाकारको राम्रो जमघट देखियो । उनीहरु कुनै सुटिङ, फिल्मी कार्यक्रमका लागि भने त्यहाँ पुगेका थिएनन् ।  बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यका कान्छो छोरा मोहित बंशको बिबाह समारोहको निम्तो मान्न उनीहरु त्यहाँ पुगेका थिए । 
मोहितको धुलिखेलको मिरावल रिसोर्टमा बिबाह समारोह आयोजना गरिएको थियो । मोहितले नेपाली परम्परागत शैलीमा संचार उद्यमी भोला थापाकी छोरी बिन्दु थापासँग लगनगाँठो कसे । 
मोहित र बिन्दुले केही समय देखि चल्दै आएका प्रेमलाई बिबाहमा परिणत गरेका हुन् । मोहितको बिबाहका बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत चलचित्र क्षेत्रका नाम चलेका सेलिब्रेटीको बाक्लै उपस्थिती रहेको थियो ।
यस्तै अर्काे हाँस्य कलाकार दिपकराज गिरीका जेठो छोरो दिपेश गिरीले पनि शनिबार लगनगाँठो कसेका छन् । र्कितिपुर निवासी मिरा ज्ञवालीसँग दिपेशको बिबाह समारोह दरबार ब्यङ्क्वेटमा आयोजना गरिएको थियो । दिपेशको बिबाह समारोेहमा अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे लगायतको सहभागीता रहेको थियो । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप