जानी राखौं, रक्तदानले बचाउँछ हृदयाघातबाट
रक्तदानलाई जीवनदान पनि भनिन्छ । कसैले दान गरेको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, कतिपय मानिसले यसबारे गलत धारणा राख्छन् । रक्तदानले बिरामी, शरीर कमजोर बनाउनेजस्ता गलत धारणा राख्छन् । तर, रक्तदानले त शरीरलाई फाइदा पु-याउँछ । यी हुन् रक्तदानका फाइदा :
० रक्तदान गर्ने मानिसमा हृदयाघातको सम्भावना कम हुन्छ । रक्तदान गर्दा शरीरमा रगत जम्ने सम्भावना कम हुनुका साथै रगत पनि पातलो हुन्छ र हृदयाघातको समस्याबाट बच्न सकिन्छ ।
० रक्तदानले तौक कम गर्न पनि भूमिका निर्वाह गर्छ । जसका लागि हरेक वर्ष दुईपटक रक्तदान गर्नुपर्ने हुन्छ ।
० रक्तदानले शरीरमा इनर्जी भर्ने काम गर्छ । रक्तदानपछि शरीरमा नयाँ रगतका सेल्स निर्माण हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ ।
० रक्तदान गर्दा कलेजोसँग सम्बन्धित समस्याबाट पनि बच्न सकिन्छ । शरीरमा भएको अत्यधिक आइरनको मात्राले कलेजोमा दबाब सिर्जना गर्छ । रक्तदान गर्दा शरीरमा आइरनको मात्रा सन्तुलित बन्छ ।
० आइरनको मात्रा सन्तुलित हुँदा कलेजो स्वस्थ बन्छ । यसो हुँदा कलेजो क्यान्सरको सम्भावना पनि कम हुन्छ ।
० डेढ पाउ रगत दान गर्दा शरीरमा ६ सय ५० क्यालोरी कम हुन्छ ।
र, यो पनि
० १८ वर्षपछि मात्र रक्तदान गर्नुस् ।
० रक्तदान गर्नेको तौल ४५ किलोग्रामभन्दा कम हुनु हुँदैन ।
० रक्तदान गर्नुभन्दा २४ घन्टाअघिसम्म मदिरा, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नुस् ।
० स्वास्थ्य जाँचपछि मात्र रक्तदान गर्नुस् ।
० रक्तदान गर्नुअघि राम्रोसँग निदाउनुस् । आइसक्रिमको सेवन नगर्नुस् ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?