बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रवासी नेपाली मञ्च ओमनको दोस्रो अधिवेशन सम्पन्न

शनिबार, ०५ फागुन २०७४, १८ : २४
शनिबार, ०५ फागुन २०७४

पूर्ण विश्वकर्मा ( पहाडी ) 

ओमान । प्रवासी नेपाली मञ्च, ओमनको दोस्रो अधिवेशन ओमनको रुवि स्थित मास पलाजामा शुक्रबार सम्पन्न भएको छ । 

प्रवासी नेपाली मञ्च, ओमनको आयोजक समितिका संयोजक लिलानाथ कोइरालाको अध्यक्षमा सम्पन्न अधिवेसनमा अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य मध्य पूर्वी बिदेश बिभाग प्रमुख श्री प्रसाद  शाह थिए । विशिस्ट अथितीमा नेपाली दूतावास ओमनको महामहिम राजदूत शर्मिला पराजुली ढकाल, गैर आवासीय नेपाली संघका सचिब डि. बि. क्षत्री, प्रवासी नेपाली मञ्च कतार, दुबईका प्रतिनिधिको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । 

मञ्चका महासचिव सोम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । 

कार्यक्रममा नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिती सभापति पर्शुराम पोख्रेल, जनप्रगतिशिल मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्मा ,एकता समाजका छबिलाल बस्नेत, विवेकशिल दलको ओमानका प्रतिनिधि जीवन कार्की, गैरआवसिय संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठ, बुद्ध भिजन, मगर संघ,तमु समाज म्याग्दी प्रवासि संघ मोनाका अध्यक्ष पूर्ण विक (पहाडी) लागयतले मन्तव्य राखेका थिए ।

अधिवेशनले मञ्चको नयाँ टोलीको पनि चयन गरेको छ ।

यस्तो छ  प्रवासी नेपाली मञ्च ओमनको नव निर्वाचित टिम :
अध्यक्ष – सोम कृष्ण श्रेष्ठ 
प्र. उपाध्यक्ष - रामहरि गिरि 
दृ उपाध्यक्ष - रन्जित आचार्य 
तृ उपाध्यक्ष - बिष्णु चौलागाईं 
महासचिव - पशुपति जिसि
सचीव - महेश न्यौपाने 
सचीव - धन बहादुर गुरुङ 
सचीव - अनु पौडेल हिरा 
सचीव - रमेश शाही 
कोषाध्यक्ष - गणेश बहादुर शाही 
सकोषाध्यक्ष - सन्तोष कटुवाल
सदस्य
यज्ञ पराजुली,गणेश प्रसाद पाण्डे, सुर्य प्रसाद ढुंगाना,कमल गौतम,शिवहरी पराजुली, पेम दिकि शेर्पा,बलराम गैरे, सर्खेस पाल, प्रधुन्न कार्की रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप