क्लब बास्केटबल लिग शुरु
काठमाडौँ । नेपालमै पहिलो पटक होम एण्ड अवे लिगको आधारमा क्लव बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लवले विशाल मिलन केन्द्रलाई पराजित गरी विजयी सुरुआत गरेको छ ।
आर्मीले बिशाल मिलन केन्द्रलाई ८७–७९ को स्कोरमा पराजित गरेको छ । खेलमा आर्मीका बिनोद महर्जनले सर्बाधिक २४ स्कोर गरेका थिए । प्ले फर डेप्राइभ्ड चिल्ड्रेन नेपाल नामक संस्थाको आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौंका ८ बास्केटबल क्लवको सहभागिता छ ।
प्रतियोगितामा साउथ साइडर्स बास्केटबल क्लव, बुढानिलकण्ठ बास्केटबल टिम, हिमालयन होम्स, गोल्डेन गेट कलेज, त्रिभुवन आर्मी क्लव, जेभियर कलेज, कीर्तिपुर बास्केटबल क्लव र बिशाल मिलन केन्द्रको टोली सहभागी छ ।
करिव डेढ महिना अर्थात् चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी प्रत्येक टोलीले लिग चरणमा होम र अवे गरी २ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष २ टोली प्लेअफमा पुग्नेछ । प्लेअफमा लिग चरणको पहिलो हुनेले चौथो स्थानको सँग र दोस्रो हुनेले तेस्रो हुनेसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, स्कोरकर्ता, डिफेण्डर, इमर्जिङ प्लेयर र प्रशिक्षकले स्पोर्टस क्लोथिङ कम्पनी एन्टाको तर्फबाट जनही १० हजार बराबरको पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै