बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

आइतबार, ०६ फागुन २०७४, ११ : ४९
आइतबार, ०६ फागुन २०७४

पाल्पा- पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । 

लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताए । 

स्थानीयबासिन्दाको घरघरमा गएर पैसा संकलन गरी विद्यालयलाई मर्मत सम्भार तथा रंगरोगन गरी सुन्दर बनाएको उनले बताए । विद्यालयका तीन वटा भवन मर्मत सम्भार तथा रंगरोगन गरेपछि विद्यालय आकर्षक बनेको छ । 

स्थानीयबासिन्दाले रु ५० देखि रु एक हजार पाँच सयसम्म आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्यालले बताए । सो विद्यालय आसपासका क्षेत्रमा १४६ घरपरिवारको बस्ती छ । विद्यालयमा ८२ जना विद्यार्थी अध्ययन गर्दै आएको प्रअ बस्यालले जानकारी दिए। 

विद्यार्थीहरु सफा र सुन्दर कक्षाकोठामा बसेर अध्ययन गर्न पाएपछि खुसी भएका छन् । पहिला जीर्ण र फोहोर कक्षा कोठामा बस्ने बालबालिका सफा र सुन्दर कक्षाकोठा बनेपछि नियमित विद्यालय आउन थालेको प्रअ बस्यालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप