शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन किलोमिटर भन्दा बढी अचुक निसाना लगाउने यस्तो हुन्छ ‘स्नाइपर’

आइतबार, ०६ फागुन २०७४, १२ : २१
आइतबार, ०६ फागुन २०७४

बीबीसी– क्यानडाको स्पेसल फोर्समा स्नाइपर बोक्ने एक जना सैनिकले गत वर्ष सबैभन्दा टाढाबाट दुस्मनलाई सही निशाना लगाउने विश्व रेकर्ड कायम गरे ।

ती सैनिकले इराकमा आईएस आबद्ध एउटा युवालाई ३,५४० मिटर टाडाबाट गोली हानेर ढालेका थिए । यसभन्दा अघि ब्रिटिस स्नाइपर क्रेग हैरिसनको नाम रेकर्ड गरिएको थियो । हैरिसनले सन् २००९ मा अफगानिस्तानमा २,४७७ मिटर टाडाबाट तालिवानी लडाकुलाई ढालेका थिए । 

यस्तो रेकर्ड कामय गर्नेमा क्यानडाको आम्र्ड फोर्स निकै अगाडि छ । स्नाइपरबाट गोली चलाएर निकै टाडाबाट निसाना साँध्ने विश्वका शीर्ष पाँच रेकर्डहरूमध्ये क्यानडाले तीनवटा आफ्नो पोल्टामा पारेको छ । 
तर यहाँ महत्वपूर्ण प्रश्न के छ भने तीन किलोमिटरभन्दा ढाढाबाट अचुक हमला कसरी गर्न सकिन्छ ? क्यानाडाका जुन सैनिकले आईएसका युवामाथि गोली चलाएका थिए, उनले अग्लो भूगोलमा बसेर ‘मैकमिलन ट्याङ्क–५०’ स्नाइपरको प्रयोग गरेका थिए । 

राइफल निर्माणकर्ताहरूका अनुसार उक्त स्नाइपरको प्रभावी फाइरिङ रेन्ज १८०० मिटर मात्र हो । अर्थात क्यानाडाका स्नाइपर सैनिकले क्षमताभन्दा दुई गुणा टाडाबाट सटिक निशाना लगाएका थिए । 
उनको गोलीको रफ्तार ७९२ माइल प्रतिघण्टा रहेको थियो । जुन व्यापारिक जेट बोइङ ७४७ भन्दा पनि तीव्र रफ्तार हो । उनको गोलीले लक्ष्यसम्म पुग्न १० सेकेन्ड खर्चियो । 

अमेरिकी नेवी सिल्स, फ्रेन्च नेवी कमान्डोका साथै टर्की, जर्जिया, दक्षिण अफ्रिका, जोर्डन, इजराइल र फिलिपिन्सका विशेष सैन्य बलहरूले पनि स्नाइपर राइफल एमके–१५ को प्रयोग गर्छन् । ब्रिटिस, जर्मन र आयरिस सेनाले भने सामान्यतया एक्युरेसी इन्टरनेसनल आर्कटिक वारफेयर सिरिजको स्नाइपर राइफल प्रयोग गर्छन् । 

अमेरिकन मरिन काप्र्स भने एम–४० को प्रयोग गर्छन् । सही निसानामा स्नाइपर प्रयोग गर्ने सुटरको मात्र नभई उनका सहयोगीको समेत महत्वपूर्ण भूमिका हुन्छ, जसलाई स्पाटर भनिन्छ । उसको काम भनेको स्नाइपर सुटरलाई लक्ष्य र त्यसको परिस्थितिको वास्तविक जानकारी दिने हुन्छ । 

स्पाटर दुरविनको साहयोगले लक्ष्यको चयन गर्छ र स्नाइपरले आफ्नो राइफलमा लागेको स्कोपबाट दुस्मनमाथि निशाना साध्छ । कैयौँ चोटि स्नाइपर र स्पाटर त्यस्ता ठाउँहरूमा पनि हुन्छन्, जहाँ युद्ध चलिरहेको हुन्छ । उनीहरूले आफ्नो हतियार आफै लिएर जान्छन् र घण्टौँसम्म दुस्मनलाई कुरेर बस्छन् । 

यदि कुनै बुलेट मिस भयो भने स्पाटरले तत्कालै परिस्थितिको मूल्याङ्कन गर्छ र स्नाइपरलाई रिलोड गरेर निशाना लगाउने अथवा मिसन रोक्नेबारे भन्छ । 

स्पटर तीव्र गतिमा जाने गोलीले आफ्नो पछिल्तिर बनाएको निशानलाई नियाल्छ तथा पूरै बन्दोबस्तीको सामानलाई बोक्न सहयोग गर्छ । सही निशाना लग्नुमा हावाको गति र मौसमको अन्य परिस्थितिको पनि महत्वपूर्ण भूमिका हुन्छ । 

धेरै टिममा सबैभन्दा धेरै अनुभवीलाई नै स्नाइपरको स्पाटर बनाउने गरिन्छ, किनभने उनीहरूले हावाको गति, दूरी, भूगोलको संरचना, गर्मी र निशानालाई प्रभावित पार्ने अन्य तत्वहरूको सही मूल्याङ्कन गर्न सक्छन् । 

त्यसपछि स्नाइपरको काम सुरु हुन्छ । उसले पोजिसन लिन्छ, आफ्नो सास रोक्छ, दूरीको मूल्याङ्कन गर्छ, अस्त्र विज्ञानलाई ध्यान दिन्छ, स्पाटरको सल्लाहलाईलाई मनन गर्छ र अन्त्यमा फायर गर्छ । 
क्यानाडाका स्पेसल फोर्सका जुन स्नाइपरले सबैभन्दा धेरै दूरीबाट लक्ष्यमाथि निशाना साँधे, उनले पृथ्वीको सतहको गोलाइलाई पनि ध्यान दिएका थिए । किनभने उनी लक्ष्यभन्दा निकै टाडा उभिएका थिए । 
उनले के कुरालाई पनि ध्यान दिएका थिए भने दूरीसँगै उनको गोलीको उचाइ पनि घट्नेछ किनभने उनी अग्लो भवनबाट गोली चलाइरहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप