मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कति छन् हामी माथिको आकाशमा मानवनिर्मित भूउपग्रहहरु ?

आइतबार, ०६ फागुन २०७४, १३ : २५
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । साठ्ठी वर्ष अघि पृथ्वीको आकासमा कुनै पनि मानव निर्मित वस्तुहरु थिएनन् । आजको दिनमा ५,००,००० वस्तुहरु विभिन्न उचाइको परिपथमा पृथ्वीको चक्कर लगाइरहेका छन् । यसमा अनावश्यक फोहोर, निस्कृय तथा सकृय भूउपग्रह पर्दछन् । 

अक्टोवर ४, १९६७ मा सानो आकारको स्पुतनिक पृथ्वीको कक्ष घुम्ने पहिलो मानवनिर्मित भूउपग्रह भयो । स्पुतनिकको अर्थ रुसी भाषामा ‘भूउपग्रह’ वा ‘सहयात्री’ भन्ने हुन्छ । त्यसले मानव इतिहासको बाटो सधैंका लागि बदलियो ।

५८ सेन्टिमिटर व्यास र ८३.६ किलो तौलको धातुले बनेको गोलाकार स्पुतनिकमा चारवटा एन्टेनाहरु थिए । सोभियत संघले अन्तरिक्षमा पठाएको यो भूउपग्रहमा जोडिएको एन्टेनाहरुले पृथ्वीमा रेडियो सिग्नलहरु पठाउथ्यो । यसको प्रक्षेपणले अमेरिका र सोभियत संघबीचमा अन्तरिक्ष दौडको प्रारम्भ गराइदियो । 

यी दुई देशबीचमा अन्तरिक्षमा कसको बलियो उपस्थिती देखाउने भनेर प्रतिस्पर्धा चल्दा विज्ञानमा पहिला कहिले नभएको लगानी भए । यसको फलस्वरुप विज्ञानका केही क्षेत्रमा अभूतपूर्व विकास हुन पुग्यो । सो समय सैन्य उपकरण , संञ्चार र स्थानपहिचान प्रविधीमा व्यापक विकास हुन पुगेको थियो । 

सन् २०१७ अक्टोबरमा पृथ्वीको आकासमा १५०० सक्रिय भूउपग्रह रहेका छन् । आधुनिक समाज धेरै कामका लागि कृतिम भूउपग्रहमा निर्भर रहेको छ । टेलिभिजन र रेडियो प्रसारण , टेलिफोन सेवा , जि.पि.एस. सेवा, नक्साङ्कन, मौसम भविष्यवाणी र अन्य धेरै कार्यका लागि तिनको उपयोग हुने गरेको छ ।

भुउपग्रह परिपथको वर्गिकरण
भूउपग्रहहरुले विभिन्न उचाई र गतिमा पृथ्वीको चक्रर लगाउने गर्छन् । तिनलाई पृथ्वीको एक चक्रर लगाउन ९० मिनेट देखि केही दिन लाग्ने गर्छ । यी फरक परिपथको प्रयोग निदृष्ट भूउपग्रीह कामको लागि गरिन्छ । यसलाई तलको तालिका मार्फत देखाइएको छ ।

भू–उपग्रहको सङ्ख्या हेर्दा सम्पूर्ण भू–उपग्रह मध्य चालिस प्रतिशत अमेरिका एक्लैको रहेको छ । कार्यको आधारमा सबैभन्दा बढी भूउपग्रहहरु सञ्चार, पृथ्वी अवलोकन , खोज र अन्तरिक्ष विकास सम्बन्धी छन् । साथै तिनको आयु प्रक्षेपणको भएबाट केही महिनादेखि ३० वर्ष सम्म रहने हुन्छ ।

अलजजिराबाट साभार
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप