शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ हजार ३६० करोड भारुको पीएनबी घोटाला : को हुन् ‘डाइमन्ड मर्चेन्ट’ निरव मोदी ?

आइतबार, ०६ फागुन २०७४, १३ : ४६
आइतबार, ०६ फागुन २०७४

बीबीसी 
पासपोर्ट रद्द गर्ने कारवाही, १३ सय करोड रुपियाँको सम्पत्ति सिलबन्दी र केन्द्रीय जाँच एजेन्सीको ‘लुक आउट नोटिस’ । यी सबै खबर सेलिब्रेटी ज्वेर्लर र अरबपति हिरा मर्चेन्ट निरव मोदीसँग जोडिएको छ ।

यसको कारण हो, पन्जाब नेसनल बैङ्कको ११,३६० करोड रुपियाँको घोटाला । 

यस घोटालाको केन्द्रमा छन्, निरव मोदी । बिहीबार विपक्षी काँग्रेसले निरव मोदीको नाम लिएर प्रधानमन्त्री मोदीलाई आरोप लगाए । 

सरकारको भनाइ के छ भने निरव मोदी, उनकी श्रीमती एमी, उनका भाइ निशाल र उनका व्यापारी पार्टन मेहुल चोकसीमाथि कारवाही गरिँदै छ । 

के आरोप लागेको छ निरवमाथि 
समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय ब्युरो (सीबीआई)का अधिकारीले भने– पन्जाव नेसनल बैङ्कलाई निरव मोदी, उनका भाइ, श्रीमती र व्यापारी पाट्नरले कथित रूपमा २८० करोड रूपियाँभन्दा बढी रूपियाँ खाए । 

सीबीआईले पन्जाब नेसनल बैङ्कले उजुरी गरेपछि यो कदम उठाएको हो । बैङ्कको दाबा छ भने निरव, उनका भाइ निशाल, श्रीमती अमी र मेहुल चिनुभाइ चोकसीले बैङ्कका कर्मचारीसँग मिलेर षड्यन्त्र गरेर नोक्सान पुर्याए । यो सबै हीरा र यूएस, सोलर एक्सपोर्ट र स्टेलर हीराको पार्टन हुन् । 

यी चार जनाविरुद्ध भारतीय दण्ड संहिताका धाराहरूको मातहत मुद्दा दायर गरियो, जुन आपराधिक षड्यन्त्र गर्ने, धोकाधडीसँग जोडिएको छ । यसबाहेक प्रिवेसन अफ करप्सन एक्टको प्रावधानअनुसार आरोप लगाइएको छ । आयकर अधिकारीले ३१ जनवरीमा उनीहरूको यहाँ छापा मारेका थिए । 

दिल्ली, सुरत र जयपुरमा उनका अफिसमा आईटी विभागको निगरानी पहिलेदेखि नै थियो । ज्वेलरी डिजाइनर २.३ अरब डलरको फायरस्टार हीराका संस्थापन हुन र उनका ग्राहकहरूमा विश्वका प्रख्यात मानिस सामेल छन् । 

कहाँ कहाँ छन् उनका गोदाम
निरव मोदीका डिजाइनर ज्वेलरी बुटिक लन्डन, न्युयोर्क, लस भेगास, हवाई, सिङ्गापुर, बेजिङ र मकाउमा छन् । भारतमा उनका गोदाम मुम्बई र दिल्लीमा छन् । 

निरव मोदीले आफ्नो नामबाट सन् २०१० मा ग्लोबल डायमन्ड ज्वेलरी हाउस स्थापना गरे । कम्पनीको मुख्यालय भारतको मुम्बई सरहमा छ । 

निरव डायमन्डको व्यापार गर्ने परिवारका सदस्य हुन र बेल्जियमको एन्टवर्प सहरमा उनको पालन पोषण भएको हो । 

कस्तो परिवारसँग सम्बन्ध 

यस्तो भनिन्छ, युवा उमेरदेखि नै उनको चाहना आर्ट र डिजाइनमा थियो र उनी युरोपका विभिन्न म्युजियम आउँथे जान्थे । 

यसपछि भारतमा गएर बस्ने र डायमन्ड ट्रेङिङ व्यापारका सबै पक्षको ट्रेनिङपछि सन् १९९९मा उनले फायरस्टार स्थापना गरे । 

यो एक डायमन्ड सोर्सिङ र ट्रेडिङ कम्पनी हो । सन् २००८ मा निरवका एक नजिकको साथीले उनलाई इयररिङ बनाउन भने । 

कसरी गर्यो सुरुवात 
यसलाई बनाउनका लागि सही हीरा छान्न र डिजाइन गर्न उनले धेरै महिना लगाए र त्यही समयमा थाह भयो, उनी ज्वेलरीलाई लिएर  क्रेज र कला दुवै देख्छन् । त्यही भएर उनले ब्रान्ड बनाए ।

सन् २०१० मा उनी क्रिस्टी र सांदवीलाई क्याटलगमा ठाउँ बनाउने पहिलो भारतीय ज्वेलर बने । सन् २०१३ मा उनी फोब्स लिस्ट अफ इन्डियन बिलिनेयरमा आएर र त्यो समयदेखि आफ्नो ठाउँ बनाएका छन् । 

निरव मोदी कम्पनीका आभूषण केट विस्लेट, रोजी हङ्टिङटन ह्वाटली, नाआमी वाँट्स, कोको रोशा, लिजा हेडन र ऐश्वर्य राय जस्ता भारतीय र अन्तर्राष्ट्रिय स्टाइल आइकन लगाउँछन् । 

भारतमा गोदाम कहाँ कहाँ ?
सन् २०१४ मा निरव मोदीले दिल्लीको डिफ्न्स कलोनीमा पहिलो फ्लागसिप स्टोर खोले र सन् २०१५ मा मुम्बईको काला घोडामा स्टोर खोले । 

सन् २०१५ मा निरव मोदी कम्पनी न्युयोर्क सिटी र हङकङमा बुटिक खोले । लन्डनको बान्ड स्टिट र एमजीएम मकाऊमा उनको बुटिक स्टो हालैमा खुलेको छ । 

www.niravmodi.com अनुसार मोदीको यो झुकाव परिवारको कारणले भयो, किनकि रातको खाना खाने समय पनि कुराकानी यसै विषयमा हुन्थ्यो । 

यसबाहेक उनले आफ्नी आमाबाट धेरै प्रेरणा पाएका छन्, जो इन्टिरियर डिजाइनर थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप