शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धमूर्तिसँगै कोरियामा फहराउने भयो नेपाली झन्डा

आइतबार, ०६ फागुन २०७४, १३ : ५४
आइतबार, ०६ फागुन २०७४

दक्षिण कोरिया–आगामी बुद्धजयन्तीका दिन कोरियाको बाउन्सा गुम्बा नजिक बुद्धमूर्ति स्थापना गरिने भएको छ । 

सो स्थानमा बुद्धको मूर्तिसँगै नेपालको झण्डा समेत राखिने छ । 

यो गुम्बा सोउलबाट ४० किमिको दूरीमा छ । 

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले बाउन्सा गुम्बा नजिक बुद्धमूर्ति स्थापना गर्ने तथा नेपाली झन्डा फहराउने तयारी गरेको छ । 

समितिका महासचिव निर्मल कुमार बेल्वासेका अनुसार शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वव्यापी बनाउन बाउन्सा गुम्बा नजिक बुद्धमूर्ति स्थापना गर्ने तथा नेपाली झन्डा फहराउन थालिएको हो । 

समितिले बौद्ध समाज दक्षिण कोरियासँग सहकार्य गरेर बुद्ध नेपालमा जन्मिएका हुन भनेर विश्वसामु चिनाउन विभिन्न कार्यक्रमको समेत आयोजना गर्न लागेको छ । 

समितिले बुद्धमूर्ति कोरियामा ल्याएर स्थापना गर्न ११ सदस्यीय सचिवालय समिति गठन गरि काम गरिरहेको छ , जसको नेतत्व प्रीतम गुरुङले गरेका छन् ।

बुद्धजयन्तीका दिन राजधानी सोउल शहरमा बुद्धमूर्तिलाई झाँकीसहित शहर परिक्रमा गर्ने कार्यक्रम पनि तयार गरिएको छ । 

यसबाहेक नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कोरियामा रहेका नेपाली कामदारलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन पनि गर्दै आएको छ । समितिको अध्यक्षमा अञ्जु केसी निर्वाचित भएपछि नेपाली कामदार लक्षित कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरेको समितिले जनाएको छ ।

जसअनुसार ईपिएसमार्फत कोरिया आउने कामदारहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर, औद्योगिक दुर्घटना, डिप्रेशनसम्बन्धी प्रशिक्षणजस्ता कार्यक्रम प्रभावकारी ढंगले सञ्चलन गरिएको र धेरै कामदार लाभान्वीत भएको महासचिव बेल्वासेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप