शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हारका बावजुद न्युजिल्याण्ड त्रिदेशीय शृंखलाको फाइनलमा

आइतबार, ०६ फागुन २०७४, १५ : २२
आइतबार, ०६ फागुन २०७४

ह्यामिल्टन । इंग्ल्याण्डसँग २ रनको हारका बावजुद न्युजिल्याण्ड त्रिदेशीय टी–२० शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

नेट रन रेटको आधारमा इंग्ल्याण्डलाई पछि छाड्दै न्युजिल्याण्डले अस्ट्रेलियासँग फाइनलमा भिडन्त पक्का गरेको हो ।

४ खेलमध्ये दुवै टोलीले १–१ खेल जिते पनि न्युजिल्याण्डको नेट रन रेट इंग्ल्याण्डभन्दा राम्रो रहेको छ ।

अस्ट्रेलियाले भने आफ्ना ४ मध्ये चारै खेल जित्दै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९२ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि दुई ओपनरले अर्धशतीय पारी खेले पनि जित दिलाउन सकेनन् । मार्टिन गुप्टिलले ४७ बलमा ६२ रन बनाए भने कोलिन मुनरोले २१ बलमा ५७ रन बनाए । मार्क च्यापमानले नटआउट रहँदै ३७ रन बनाए ।

यसअघि, कप्तान इयोन मोर्गनले ४६ बलमा ८० रन बनाउँदै जीतको आधार तयार गरे । उनले यस क्रममा ६ छक्का र ४ चौका बनाए ।

त्यस्तै डेविड मलानले ५३ रन बनाए ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा टिम साउथीले २ विकेट लिए ।

अब फाइनल खेल बुधबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप