शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के वेश्यालयको बन्द कोठामा माया पलाउन सक्छ ?

सोमबार, ०७ फागुन २०७४, १० : ४४
सोमबार, ०७ फागुन २०७४


बीबीसी 

तपाईंलाई थाह छ नि भ्यालेन्टाइन डे के हो ? प्रेमको दिन... मेरो मतलब प्रेम प्रस्ताव गर्ने दिन । मैले अलिकति हच्किएर र अलिकति डराएर पातली एक महिलालाई सोधेँ ।

मोढेनुमाको ढुङ्गामा थाकेर हारेजसरी बसेकी त्यो महिलाका अनिदा आँखामुनि काला घेरा थिए र आँखाजस्तै अनुहार पनि भित्र पसेको थियो । सायद  ऊ केही खाइरहेकी थिई, प्रश्न सुनेर एउटा कुनामा थुकेर बोली, ‘हो थाह छ, भ्यालेन्टाइन डे हो ।’

के तपाईंको कसैसँग प्रेम परेको छ ? तपाईंको जीवनमा कोही छ, जसले तपाईंलाई माया... ?

मेरो प्रश्न सकिएको नै थिएन, उनी बीचैमा नै बोलिन्, ‘कोठीवालीसँग कसले माया गर्छ मेडम ? कसैले हामीसँग माया गर्यो भने हामी यहाँ बस्छौँ र ? 

यति भनेर उनले मलाई बस्न इसारा गरिन् र म उनको छेउमा जमिनमा नै बसेर कुराकानी गर्न थालेँ । 

सडकको किनारमा एकै ठाउँमा केही महिला अलिअलि टाढा बसेका थिए । गल्ली र मेन रोडको बीचमा अलिकति ठाउँ बचेको थियो जहाँ पैदल हिँड्नेहरू आइरहेका र गइरहेका थिए । 

म दिल्लीको जीबी रोडको त्यो क्षेत्रमा थिएँ जहाँ महिला यौन बेचेर दुई छाक खानाको बन्दोबस्त गर्छन् । 

यहाँ आउनुभन्दा पहिला अलिकति सम्हालेर र सतर्क भएर कुराकानी गर्न सल्लाह थिएका थिए । मैले पनि मेरो तर्फबाट पूरा सतर्कता अपनाएकी थिएँ । 

म के जान्न चाहन्थे भने जुन महिलासँग केवल यौनका लागि आउछन्, तिनको जीवनमा मायाजस्तो कुनै भावना हुन्छ अथवा हुँदैन । भ्यालेन्टाइन डेको प्रसङ्ग उनको आँखामा हल्का चमक ल्याउँछ अथवा ल्याउँदैन ?

यिनै प्रश्नले मलाई यी गल्लीसम्म लिएर आएको हो । मैले सोचेकी थिएँ,  कुनै यस्तो ठाउँमा जाँदै छु, जहाँ रङ्गीबिरङ्गी झाल्लर र बत्तीहरू हुने छन् । जस्तो हिन्दी फिल्महरूमा देखाइन्छ तर त्यहाँ यस्तो केही देखिनँ । 

त्यो एक भीडभाड भएको क्षेत्र थियो, जहाँ हेर्दा सानो प्रहरी थाना, हनुमान मन्दिर र केही पसल देखिए । सोधपुछ गरेपछि एक जनाले गल्लीतर्फ इसारा गर्यो जहाँ एक मोटीघाटी महिला कम्मरमा हात राखेर उभिएकी थिई । 

म जति मुस्कुराउन सक्थेँ त्यति नै मुस्कराएर उनीहरूलाई भेटिरहेकी थिएँ, उनले यस्तो व्यवहार गरिन्, जस्तो उनीहरूलाई पहिलादेखि नै चिन्थँे । अलिकति कुरा कानीपछि उनी मलाई अन्य महिलासँग भेट गराउन राजी भइन् । 

जबसम्म छ बोटी मिलिरहने छ रोटी
यसरी मेरो भेटघाट ती पातली महिलासँग भयो, जसको प्रसङ्ग मैले माथि गरँे । कर्नाटककी यी महिलाको भनाइ के थियो भने उनले माया प्रेमका कुरा रद्दीको टोकरीमा फालिसकिन् । 

उनले आफ्नो अनुहारतर्फ इसारा  गरिन र भनिन् ‘जबसम्म छ बोटी, पाइरहिने छ रोटी । हामीसँग एक आध घण्टाका लागि आउँछन्, इन्जोए गर्नका लागि बस किस्सा खतम ।’

कलकत्ताकी निशा पछिल्लो १२ वर्षदेखि यो पेसामा छिन् । उनले भनिन्– ‘उसो त लोग्ने मान्छे ठूलाठूला कुरा गर्छन् तर कसैको यति औकात छैन जसले हामीलाई माया गर्ने हिम्मत गरून् । कसैमा यति दम छैन, हामीलाई यहाँबाट हटाएर आफ्नो घरमा लैजाओस् ।’

के १२ वर्षमा उनले यहाँ कसैले प्रेम गरेको देखिनन् ? यसको जवाफमा उनले भनिन्, ‘देखेकी छु नि, मानिसहरू आउँछन् कसम वादा गर्छन् । विवाह गर्छन्, बच्चा जन्मन्छन् र केही वर्षपछि छोडेर जान्छन् ।’

माया पनि गरे, विवाह पनि...
३६ वर्षकी रिमाको कथा पनि यस्तै छ । उनी भन्छिन्– ‘तपाईंले सोध्नु भएकाले भनिरहेकी छु । मैले मया गरेकी थिएँ । आफ्नो ग्राहकसँग । हामीेले विवाह पनि गरेका थियौँ, हाम्रा तीन बच्चाहरू पनि भए ।’

रिमाले विवाहपछि उनको जीवन सुध्रने छ भन्ने सोचेकी थिइन् तर नराम्रो भयो  । उनी सम्झन्छि, ‘ऊ रातदिन रक्सी र ड्रग्सको नशामा झुत्तिरहन्थ्यो । मलाई पिट्थ्यो । यो सबै मैले सहेँ तर  छोराछोरीलाई पनि पिट्न सुरु गर्यो ।’

अन्त्यमा रिमाले हैरान भएर त्यससँग भिन्न हुने निर्णय गरिन् र पुनः त्यही कोठीमा आइन्, जहाँबाट उनलाई सधैँका लागि निकाल्ने प्रतिबद्धता गरेको थियो । 

हाम्रा कुराकानी भइरहेका थिए, एउटी महिलाले मलाई त्यहाँ बनेको माथिल्लो कोठामा जाऊँ भनिन् ।

उसले भनिन्, ‘मेडम तपाईं माथिको कोठामा जानुहोस् । धेरै केटीहरू पाइन्छन् । तपाईंलाई देखेर यहाँ मानिस जम्मा भइरहेका छन्, यो ठीक होइन् ।’

बन्द, अँध्यारो कोठा
एकछिन सोचेर म माथि बनेका कोठामा जानका लागि अग्लाअग्ला सिँढी चढ्न थालेँ । दोस्रो तलामा पुगेपछि अचानक अँध्यारो भयो । 

म कराए यहाँ त अँध्यारो छ । कसैले तलबाट भन्यो– ‘मोबाइलको लाइट बालेर जानुहोस् ।’

हिम्मत गरेर मैले मोबाइलको लाइट जलाएँ र चौथो तलामा पुगे, त्यहाँ पुगेर मैले आफूलाई १०–१२ केटीहरूको बीचमा पाएँ ।

केहिले जिन्स टिसर्ट लगाएकी थिइन्, कोही सारीमा, कोहीले स्पेगैटी र तौलियामा थिए ।


तपाईंले फोनमा रेकर्ड त गरिरनु भएको छैन ? तपाईंले क्यामेरा लुकाउनु भएको छैन ? फोटो त खिचेको त छैन ? एकै पटक कैयौँ प्रश्न सोधे । मैले छैनमा टाउको हल्लाएँ र माहोललाई हेर्ने कोसिस गरँे ।
त्यहाँ ससाना कैयौँ कोठाहरू थिए, केहीमा पुरुष पनि थिए । एक पुरुष लक्ष्मी र गणेशको मूर्तिमा अगरबत्ति जलाइरहेका थिए, एक कपमा चिया खाइरहेका थिए ।

भारतमा वेश्यालय 
त्यहाँ कुनै केटी राजस्थान र कुनै पश्चिम बङ्गालबाट आएका थिए भने कोही मध्यप्रदेशबाट र कोही कर्नाटकबाट । मलाई ती साना कोठामा एक सानो भारत नजर आयो । ती सबै केटी मलाई आफ्नै जस्ता लागे । 
यस्तो सोच्दासौच्दै मैले आगो तापिरहेकी केटीलाई सोधँे– के तिमी कसैलाई माया गर्छाै ? के तिम्रो जीवनमा कुनै स्पेसल छ ?

उनी हाँसेर बोलिन्– ‘अहिले त कसैले माया गर्छु भने पनि भरोसा गर्दिनँ । पैसा दिनु केही समय साथ बस्नु र जानु तर हामीलाई  मायाको झुटा सपना नदेखाऊ ।’

उनी निरन्तर बोल्दै गइन्, ‘एक जना थियो, मलाई मायाप्रेमका कुरा गथ्र्यो र पछि मायाको बहनामा पैसा माग्न थाल्यो । यसरी कसैले माया गर्छ र ?

छेउमा उभिएकी एउटीले भनिन्, ‘मेरो एउटा छोरा छ, म त्यसैलाई माया गर्छु । उसो त म सलमान खानलाई माया गर्छु । उसको कुनै फिल्म आएको छ र ?

यति भन्दाभन्दै उनी अचानक जोरजोरले बोली, माथि माथि माथि म डराएर यता उता हेरँे । उनी हाँसिन् र भनिन् ‘केही होइन मेडम, सायद कुनै कस्टमर थियो । उसलाई माथि बोलाइरहेको थियो । यही हो हाम्रो जीवन । तपार्इंले मलाई गलत प्रश्न सोध्नुभयो ।’

मैले कुनामा उभिएको अर्को केटीसँग कुरा गर्न चाहेकी थिएँ, जो चुपचाप हाम्रा कुरा सुनिरहेकि थिइन् । उनी भएको ठाउँमा गएँ, उनी पछाडि फर्केर भनिन्– ‘बाथरुम खाली भयो । म नुहाउन जान्छु । शिवरात्रीको वर्त हो मेरो ।’ यति भनेर गइन् । कुरा गर्दागदै समय धेरै बित्यो । म भारी मनले अँध्यारा सिँढीहरूबाट झरँे । यति महिलामध्ये कुनै पनि यस्तो पाइन, जसको जीवनमा माया प्रेम होस् ।

यिनै ख्यालमा भरिएर म भीडभाड भएको सडकमा पर्किएँ । छेउको कुनै पसलमा गीत बजिरहेको थियो– बन जा तुँ मेरी रानी, तैनु महल दवा दुङ्गा... ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप