शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसपीले व्यापारीका ५१ पोका कपडा भैरहवा  लैजान खोजेपछि तनाव

सोमबार, ०७ फागुन २०७४, १३ : ३०
सोमबार, ०७ फागुन २०७४

नवलपरासी– नवलपरासीको पालिनन्दन गाउँपालिका १ मा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ । 
गत २८ माघमा सीमा क्षेत्रका व्यापारीले छोरी भन्सार कार्यालय भुजहवाको गोदाममा स्टोर गरेर राखेको ५१ पोका कपडा प्रहरीले बरामद गरी  महेश्वर भन्सार कार्यालय पुर्याएको थियो । 

त्यहाँबाट प्रक्रिया पुर्याए छाडिदिनुको साटो नवलपरासीका एसपी मुकुन्द राज आचार्यले भैरहवा भन्सार  पठाउनु पर्ने बताएपनि व्यापारी आक्रोशित भएका थिए । 

आचार्यको निर्देशनमा  ५१ पोका कपडा भैरहवा भन्सार पठाउनगाडीमा लोड गरिँदै  गर्दा स्थानीय व्यापारीले अवरोध गरेपछि झडप  सुरु भएको बताइएको छ । 

 सोमबार बिहान ८ बजेदेखि   १० बजेसम्म  प्रहरी र व्यापारीबीच झडप भएको थियो भने अहिले  थप प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप