शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

सोमबार, ०७ फागुन २०७४, १२ : ३०
सोमबार, ०७ फागुन २०७४

काठमाडौं–२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६८ आै प्रजातन्त्र दिवस मनाइएको छ । 
यसै अवसरमा काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताए । उनले  सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत् ‘सुःखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 
 प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवम् कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उदघोष पनि गरे । 

कार्यक्रममा नेपाली सेनाले आफ्नो कलाकौशल प्रस्तुत गर्नुका साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थियो । त्यसैगरी काठमाडौं महानगरपालिका, नेपाल स्काउट लगायतका संघ, संस्थाहरुले सांस्कृतिक झाँकीसहितका प्रर्दशनी गरेका थिए । यसै अवसरमा सरकारले सोमबार सार्वजनिक विदा पनि दिएको छ ।
तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप