शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका महासचिव स्तब्ध

सोमबार, ०७ फागुन २०७४, १२ : ५३
सोमबार, ०७ फागुन २०७४

एजेन्सी– इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।  इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । 

सो विमान दुर्घटनाबाट ६५ जनाको ज्यान गएको घटनाले आफू निकै स्तब्ध हुनुभएको महासचिव गुथ्रेसका उपप्रवक्ता फराह हकले जानकारी दिएका छन् ।  महासचिव गुथ्रेसको तर्फबाट प्रकाशित सो विज्ञप्तिमा उक्त दुर्घटनामा परी ज्यान गएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । साथै शोकमग्न परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको छ । 

जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि ५०० किलोमिटर टाढा पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप