शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पैचोमा अमेरिका लगिएको टेराकोटा मूर्तिको औँला चोरिएपछि चीनमा आक्रोश

सोमबार, ०७ फागुन २०७४, १४ : ३८
सोमबार, ०७ फागुन २०७४

काठमाडौँ । चिनियाँ अधिकारीहरुले अमेरिकामा प्रर्दशनमा राखिएको टेराकोटा लडाकूको एक मूर्तिको बुढी औँला चोर्नेलाई ‘कडा कारवाही’ गर्न माग गरेको छ ।

४५ लाख डलर मुल्य पर्ने सो २००० वर्ष पुरानो मूर्ति फिलाडेल्फियास्थित फ्रान्कलिन इन्सटीच्युटमा प्रदर्शनमा राखिएको १० मध्य एक मूर्ति थियो ।

अघिल्लो हप्ता माइकल रोहनालाई महत्वपूर्ण कलासामाग्रीको चोरी र आघात पु¥याएको आरोपमा पक्राउ गरिएको थियो । पछि उनी जमानतमा छाडिए ।

टेराकोटा आर्मीको मूर्तिहरु चीनको सबैभन्दा महत्वपूर्ण पुरातात्विक खोज मानिन्छ । 

सेल्फीपछि चोरी
अदालतको कागजात अनुसार २४ वर्षीया रोहना २१ डिसेम्बरका दिन फ्रान्कलिन इन्स्टीच्युटमा ‘कुरुप स्वेटर पार्टी’मा सहभागी हुन गएका थिए । त्यसपछि उनी बन्द भइसकेको टेराकोटा लडाकूहरुको प्रर्दशनीमा छिरे ।

सिन्ह्वाले एफ.बी.आई.लाई कोट गर्दै लेखेको छ, ‘रोहनाले मोबाइल फोनको फ्लासलाइटमा एक लडाकूसँग सेल्फी खिचे । त्यसपछि उनले आफ्नो हात मूर्तिको देर्वे हातमा राखे । त्यसपछि उनले केही भाँचे र सो सामाग्री खल्तीमा हालेर निस्किए । 

सङ्ग्राहलयका कर्मचारीले शालिकको बुढी औला नभएको कुराको जानकारी जनवरी ८ मा मात्र पाएका थिए । एफ.बी.आई.को अनुसन्धानले रोहना पक्राऊ परेका हुन् । उनले पछि बुढी औला एक डेस्कको घर्रामा राखेको स्वीकारे ।

सो मूर्तिहरु चिनियाँ सरकारी सस्था शान्सी साँस्कृतिक सम्पदा प्रसार केन्द्रले पैचोमा फ्रान्कलिन इन्सटीच्युटलाई दिएको थियो । सोमबार यसका निर्देशकले फ्रान्कलिन इन्सटीच्युटले सो मूर्तिहरुप्रति देखाएको बेवास्ताप्रति ‘कडा शब्द’ मा भत्र्सना गरेको छ ।

निर्देशक ऊ हाइयुनले सो मूर्तिमा भएको क्षति अध्ययनका लागि संस्थाले दुई चिनियाँ विज्ञलाई अमेरिका पठाउने जनाए । उनले त्यसमा भएको क्षतिको भरपाईको पनि माग पनि हुने बताए । 

टेराकोटाको इतिहास
अमेरिका पठाइएको १० टेराकोटा लडाकूको मूर्ति टेराकोटा आर्मीका ८००० मानव आकारको माटोका लडाकूहरुमध्यबाट पठाइएका हुन्  । यी मूर्तिहरु चिनियाँहरु सम्राट छिन शि हुआङ्गले निर्माण गरेको हुन् । २१० इसा पूर्वमा मरेका यी सम्राटले यी टेराकोटा आर्मी आफ्नो मृत्युपछिको जीवनमा रक्षक हुने विश्वासमा बनाएका थिए । 

यी मूर्तिहरु चीनको शीयान प्रान्तमा सन् १९७४ मा चिनियाँ किसानहरुको एक समूहले पत्ता लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप