शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आँपको बगैचामा युवकको शव

सोमबार, ०७ फागुन २०७४, १६ : २४
सोमबार, ०७ फागुन २०७४

सिरहा–सिरहाको धनगढीमाई नगरपालीका १० श्यामपुरस्थित आँपको बगैचामा एक युवकको शव भेटिएको छ । धनगढीमाई पाका १२ सिमरटोकी घर भई हाल लाहान २४ डाँडाँटोल बस्ने ३० बर्षे जोगी सदाको शव फेला परेको हो । 
उक्त बगैचा स्थानीय सागर मगरको हो ।
आइतबार अपरान्ह घरबाट बजार जान्छु भन्दै हिडेका सदाको शव सोमबार अपरान्ह भटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाँटीमा डाम देखिएकोले उनको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप