बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राससको वार्षिकोत्सवमा प्रध्यापक पी खरेल र रेग्मी सम्मानित, अरु को–को सम्मानित भए ? (नामसहित)

सोमबार, ०७ फागुन २०७४, १६ : २४
सोमबार, ०७ फागुन २०७४

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)ले ५७औँ वार्षिकोत्सवको अवसरमा प्राध्यापकद्वय पी खरेल र रामकृष्ण रेग्मीलाई सम्मान गरेको छ ।  वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा (रासस)का पूर्व अध्यक्ष प्रा खरेल र (रासस) का पूर्व प्रमुख समाचारदाता प्रा.रेग्मीलाई सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सम्मान गरे । 

यसैगरी उत्कृष्ट स्थानीय समाचारदाता पुरस्कार (स्ट्रिन्जरतर्फ)    प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल, बर्दिवास–महोत्तरी, प्रदेश नं ३ बाट रामहरि न्यौपाने (नुवाकोट), प्रदेश नं ४ बाट सन्देश पौडेल (लमजुङ), प्रदेश नं ५ बाट उमा केसी (लिवाङ, रोल्पा) , प्रदेश नं ६ बाट नरबहादुर रिजाल (दैलेख), प्रदेश नं ७ बाट राजेन्द्रप्रसाद पनेरु (कञ्चनपुर) र उपत्यकाबाट कल्पना पौडेल (काठमाडौँ) लाई प्रदान गरिएको छ । 

त्यसैगरी, उत्कृष्ट आलेख समाचारतर्फ काठमाडौँ उपत्यकाबाट कुमारप्रसाद चौलागाई (रासस केन्द्रीय कार्यालय, शीर्षः  ‘आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता’), अजयकुमार साह (स्थानीय समाचारदाता, स्ट्रिन्जर, धनुषा, शीर्षकः ‘निधिको विरासतमाथि महतोको चुनौती) तथा उत्कृष्ट आलेखतर्फ अन्तर्राष्ट्रिय समाचार शाखाका वरिष्ठ सम्पादक मोहिनी मिश्र (रिसाल) (शीर्षक:अब ‘तीन तलाक’ ले रुने छैनन् मुस्लिम महिला)लाई प्रदान गरिएको छ ।    
यस्तै, उत्कृष्ट फोटोतर्फको पुरस्कार रोशन सापकोटा (काठमाडौँ उपत्यका), सीताराम अधिकारी (स्थानीय समाचारदाता, धादिङ) र उत्कृष्ट अडियो रिपोर्टतर्फ विनोदसिंह विष्ट (स्थानीय समाचारदाताः बैतडी)लाई प्रदान गरिएको छ । 

यसैगरी, राससको भौतिक सम्पत्तिको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने मोहम्मद सदरुल (प्रमुख, रासस भद्रपुर कार्यालय, चन्द्रगढी, प्रदेश नं १), वीरेन्द्रनारायण कर्ण (प्रमुख, रासस वीरगञ्ज कार्यालय, प्रदेश नं २) र आशाराम चौधरी (स्थानीय समाचारदाता, रासस लहान/सिरहा) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच हजार रहेको छ । 

त्यसैगरी समितिमा २० वर्ष अविच्छिन्न रुपमा स्थायी सेवा पूरा गर्ने कर्मचारीलाई वार्षिकोत्सवका उपलक्ष्यमा दीर्घसेवा पदकसहित पुरस्कृत गरिएको छ । दीर्घसेवा प्राप्त गर्नेमा दीपराज सन्याल (प्रमुखः अंग्रेजी समाचार शाखा, रासस केन्द्रीय कार्यालय), मनोज कार्की (कार्यकारी सम्पादक: अंग्रेजी सम्पादन शाखा, रासस केन्द्रीय कार्यालय) र मनोज दाहाल (उप समाचारदाता, रासस विराटनगर कार्यालय– प्रदेश नं १) रहेका छन् । 

त्यसैगरी चन्द्रलाल श्रेष्ठ (सवारी चालक, पाँचौँ, रासस केन्द्रीय कार्यालय) र दानबहादुर साउद (कार्यालय सहयोगी, रासस धनगढी कार्यालय–प्रदेश नं ७) लाई प्रदान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप