भाषा, सँस्कृति र परम्पराको संरक्षणमा जोड दिँदै लावती संगठित
सउल – रमेश लाओतीको अध्यक्षतामा दक्षिण कोरियामा पापोहाङ लाओती सयङको इकाई गठन गरिएको छ । रोजगारीको सिलसिलामा विदेशमा रहेका लाओतीहरुको एक भेलाले पन्ध्र सदस्य रहेको पापोहाङ लाओती सयङ दक्षिण कोरिया गठन गरेको हो।
फागुन ४ गते राजधानी सउलस्थित नाङ्लो रेष्टुरेन्टको सभाकक्षमा भेला भएको हो । इकाईको उपाध्यक्षद्वय मन्जु लाओती र राम कुमार लाओती भएका छन् भने सचिव ईन्द्रजीत लाओती, सहसचिव जेनिस लावती, कोषाध्यक्ष केहेरमान लाओती, सहकोषाध्यक्ष हेमकला खापुङ लाओती लगायत आठजनासदस्य निर्वाचित भएका छन् ।
विश्वभर छरिएर रहेका लाओतीहरुमा पारिवारीक एकता र सहकार्यका साथै भाषा, सँस्कृति र परम्पराको संरक्षण, संबद्र्धनमा जोड दिने नवनिर्वाचित अध्यक्ष रमेश लाओतीले बताए ।
सयङका संरक्षक हुकुम लाओतीका अनुसार पारिवारिक सद्भाव, मेलमिलाप र परदेशमा लाओती बन्धुहरुमाथि आइपर्ने विविध समस्या समाधान गर्नको लागि सयङ गठन गरिएको हो ।
यसैबीच नेपालस्थित पापोहाङ लाओती सयङका केन्द्रीय अध्यक्ष जगतजंग लाओतीले दक्षिण कोरियामा गठन भएको समितिका पदाधिकारी सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना