शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिसुधार कार्यालयका अधिकृत ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

सोमबार, ०७ फागुन २०७४, १८ : ०९
सोमबार, ०७ फागुन २०७४

काठमाडौँ । भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत शाखा अधिकृत चुडामणी चापागाईं ४ लाख घुस रकम सहित पक्राउ परेका छन् । 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले चापागाईंलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा काठमाडौँको कोटेश्वरस्थित शिखर खाजा घरबाट नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतका अनुसार चापागाईंले भक्तपुरको चागुनारायण नगरपालिका–६ मा रहेको जग्गाको तल्सिङ र मोहीको लगत कट्टा गर्ने प्रयोजनका लागी ४ लाख माग गरेका थिए । 

सेवाग्राहीसँग चार लाख घुस रकम लिन कोटेश्वरको शिखर खाजा घरमा पुगेका चापागाईंबारे थप अनुसन्धान भइरहेको अख्तियारका एक अधिकृतले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप