प्रधानसेनापति क्षत्रीले गरे निरीक्षण
सोमबार, ०७ फागुन २०७४, १८ : ४०
काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहुँको खैरेनीटारस्थित श्री नं ३ राजदल गणको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनी भोलि लम्जुङस्थित श्री श्रीजंग गणमा सञ्चालन भईरहेको सामूहिक तालिम इलाकाको निरीक्षण, राइनस कोतस्थित द्रव्य शाहको कोत अवलोकन तथा दोस्रो बेंसीशहर लम्जुङ महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा