बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा रहेका क्यानेडियन प्रधानमन्त्रीलाई किन वेवास्ता गरे मोदीले ?

मङ्गलबार, ०८ फागुन २०७४, ११ : २६
मङ्गलबार, ०८ फागुन २०७४

नयाँ दिल्ली । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेयु यतिबेला भारतको राजकीय भ्रमणमा छन् । तर उनी त्यहाँ आएको कुनै चर्चा नै छैन । मनौँ, उनी भारतमा प्रवेश नै गरेका छैनन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा क्यानाडाका राष्ट्रप्रमुखलाई स्वागत गर्न नै पुगेनन् । क्यानेडियन पत्रिका टोरन्टो सनका स्तम्भकार क्यान्डिस माल्कमले अन्य देशका राष्ट्रप्रमुख आउँदा र ट्रुडेयु आउँदा मोदीको व्यवहारलाई एउटा तस्विर सेयर गर्दै प्रश्न उठाएकी छिन् ।

ट्रुडेयुलाई स्वागत गर्न ‘जुनियर’ कृषिमन्त्री गजेन्द्र सिंह शेखावत पुगेका थिए ।

धेरै क्यानाडेलीहरुलाई नयाँ दिल्लीले वेवास्ता गरेको भान भइरहेको छ । प्रधानमन्त्री ट्रुडेयुले आफ्नो देशमा शिख पृथकतावादीसँग नाम जोडिएकाहरुलाई समर्थन गरेको कारण यस्तो स्थिति आएको उनीहरुको बुझाई छ ।

जब ट्रुडेयु आफ्नो पत्नी सोफी ग्रेगोरी र तीन सन्तानसहित ताज महल पुगे, त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि देखापरेनन् । जबकी एक महिनाअघि इजराजयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु त्यहाँ पुग्दा आदित्यनाथले नै उनलाई घुमाएका थिए । ट्रुडेयुलाई स्वागत गर्न त्यहाँका स्थानीय कर्मचारी मात्र उपस्थित थिए ।

ट्रुडेयुले आफ्नो क्याबिनेटमा शिख पृथकतावादी आन्दोलनसँग सम्बन्ध भएकाहरुलाई आफ्नो क्याबिनेटमा नियुक्त गरेपछि भारतले यस्तो रवैया देखाएको धेरैको अनुमान छ ।

ट्रुडेयुको क्याबिनेटमा चार शिख मन्त्रीहरु रहेका छन् – हर्जित सज्जन, अमरजीत सोही, नवदीप बेइन र बर्दिस छग्गर रहेका छन् । केही समयअघि सोहीले आफू खालिस्तान विद्रोहसँग कुनै पनि रुपमा संलग्न नभएको बताएका थिए ।

नयाँ दिल्लीले भने ट्रुडेयुको भ्रमणलाई आफूहरुले वेवास्ता नगरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप