शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सडक दुर्घटना, सात जनाको मृत्यु

मङ्गलबार, ०८ फागुन २०७४, १३ : २२
मङ्गलबार, ०८ फागुन २०७४

एजेन्सी– भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन ।  प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको छ ।  चालकले नियन्त्रण गुमाएपछि सडकको छेउमा रहेको नालीमा खसेर बस दुर्घटना भएको थियो । 

बिहारको राजधानी पटनामा पर्ने कन्डाप भन्ने ठाँउमा सोमबार राती सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन ।  घटनास्थलमा स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरेका थिए । उद्धारकर्ताहरु घाइतेहरुलाई नालान्द मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारका लागि लगेका थिए । 

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ भने दोषीलाई कारबाही गर्ने बताएको छ ।  भारतमा यस्ता सडक दुर्घटना धेरै नै हुनेगरेका छन । चालकको लापर्बाही, सडक र सवारी साधनको खराब अवस्थाका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप