आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयोः प्रचण्ड
रत्ननगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे ।
“महाधिवेशन नभएसम्म दुवैजना अध्यक्ष प्रणालीमा गएका छौँ, आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो,” उनले भने । व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । महाधिवेशनसम्म यसैगरी अघि बढ्ने उनको भनाइ थियो ।
अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्को कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा दुईवटा कार्यदल बनाएको उनले बताए ।
हप्ता दिनभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने तथा नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने अध्यक्ष दाहालले बताए । दुई वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म ओली नै प्रधानमन्त्री हुने दाहालको भनाइ थियो । “महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिले पाँचै वर्षका लागि ओली नै प्रधानमन्त्री, अव महाविधेशनले यही गर्छ भनेर मैले अहिले नै भन्न सक्दिन नी,” पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने ।
उनले सरकारमा आजै मन्त्री सिफारिस गर्ने जानकारी दिए । “नेपाल राष्ट्रका निम्ति निकै दुरगामी परिणाम यो एकता हो,” उनले भने । जनताको चाहना पूरा भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गरे । विमानस्थलमै आइपुग्नुभएका काँग्रेस महामन्त्री शशांक कोइरालाले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा लिएको भन्दै काँग्रेसलाई पनि बलियो बनाउन फाइदा पुगेको बताए । उनले प्रचण्डसँग हात मिलाउँदै एकताको बधाईसमेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर
-
तीन तहबिच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
-
प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री प्रचण्ड