शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको धापासीबाट हराएका नाबालक नौ दिनसम्म पनि फेला परेनन्

मङ्गलबार, ०८ फागुन २०७४, १५ : २०
मङ्गलबार, ०८ फागुन २०७४

रौतहट  ।  काठमाडौँ  धापासीबाट नाबालक हराएको नौ दिन बित्दा पनि फेला नपरेपछि परिवारमा रुवाबासी भएको छ ।

गत २९ गते हराएको ३ बर्षीय अभिशेक मैनालीको ९ दिन सम्म कुनै सुुराक नलाग्दा पिडित परिवार अपहरणको आशंका गरेका छन् । 

हालसम्म अपहरणको कुुनै संकेत भने दखिएको छैन । 

अपहरण हो भने अपहरणकारीले फिरौतीको लागी कतै बाट फोन पनि नगरेको पिडित तथा अभिषेकका बुुवा गणेश मैनालीले जानकारी दिए ।

धापासीस्थित आफनै कोठामा दिउँसो परिवारसँग बसेर खाना खाँदै थिए । 

सोही क्रममा कोठा बाहिर निक्लेका ३ बर्षीय छोरा अभिषेख हाल सम्म सम्पर्क बिहिन रहेको पिडित मैनालीले बताए ।

घटना  महानगरिय प्रहरी बिट धापासी,चक्रपथमा उजुुरी दिएको मैनालीले बताए । 

घटनाको २ दिनपछि बालबालिका खोज तलास केन्द्र भृकुुटी मण्डप, अपराध महाशाखा टेकुु, प्रहरी परिसर टेकुुमा समेत उजुुरी दिएको थियो ।

प्रहरी कार्यालय धाएको नौ दिन हुुनलागेको छ तर उपलब्धि भने केही नपाएको उनले दुुखेसो पोखेका छन् ।

रौतहटको फतुुआ विजयपुर नगरपालिका  वडा ११ हिमालीवास घर भएका मैनाली पछिलो ७–८ बर्ष देखी काठमाण्डौ स्थित धापासीमा कोठा लिएर बस्दै आएका छन् ।
मैनाली टाटा मोबाईल भाडामा चलाउने गर्दछन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्योपानेले घटनालाई प्रहरीले  गम्भिरता साथ हेरिरहेकाले चाँडै परिणाम आउने बताए ।

अपरहण हो की हराएको  घटना बारे केही बोल्न न मिल्ने तथा अनुुसन्धान भईरहेको डिआईजी न्योपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप