शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चालिस नेपालीले प्रत्यक्ष रुपमा विश्वकप फुटबल हेर्न पाउने

मङ्गलबार, ०८ फागुन २०७४, १६ : ५६
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौँ– कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।  कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए । 

उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताए ।  कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ ।

यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।  उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप