शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँग्रेसलाई कमजोर प्रतिपक्षको रूपमा नबुझियोस्’

मङ्गलबार, ०८ फागुन २०७४, १७ : ०७
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– कांग्रेसले राष्ट्रपतिले काँग्रेस र एमालेलाई भिन्नाभिन्नै चश्माले हेरेको भन्दै राष्ट्रियसभाका ३ सदस्यको मनोनयन संविधानको मूल मर्म र भावना विपरित भएको प्रतिकृया दिएको छ ।  अघिल्लो सरकारले गरेका कतिपय महत्वपूर्ण निर्णयहरु उल्ट्याएकोप्रति  आपत्ति जनाउदै काँग्रेसले वर्तमान सरकारको शुभारम्भनै सुःखद नरहेको जनाएको हो ।

‘संविधानको  संरक्षक राष्ट्रपतिले धारा ६६ को उपधारा २ को प्रावधानअनुसार देउवा सरकारको सिफारिस राष्ट्रपतिले स्वीकृत गर्नैपर्ने थियो’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार काँग्रेस मुख्यालयमा पत्रकार सम्मेलन गदै भने ‘राष्ट्रपतिसमक्ष पुगेको विषयले यस्तै रूप लिन्छ भनेर पूर्व आँकलन गरेपनि प्रतिक्रिया जनाउन शोभनीय नहोला भनेर यसअघि हामीले कुनै प्रतिकृया जनाएनौ ।’ 

‘अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन नगर्ने तर वर्तमान सरकारले गरेको सिफारिस स्वीकार गर्ने राष्ट्रपति विद्या भण्डारीको कदम विवादमा तानिएको छ’ शर्माको भनाई छ । ओली सरकारले उल्टाएको सिफारिसका विषयमा राजनीतिक उपचार खोजिएको भन्दै प्रवक्ता शर्माले रिट दर्ताका लागि कुनै तयारी नभएको प्रतिक्रिया पनि दिए ।  शर्माले  जिम्मेवार र विनम्र प्रतिपक्षको अर्थ कमजोर प्रतिपक्षको रूपमा नबुझ्न वर्तमान सरकारलाई चेतावनी पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप