बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्लेब्वाई मोडलसँग ट्रम्पको अफेयर

मङ्गलबार, ०८ फागुन २०७४, १७ : १८
मङ्गलबार, ०८ फागुन २०७४

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्लेब्वाईकी मोडलबीच गैरवैवाहीक सम्बन्ध रहेको एक रिपोर्ट सार्वजनिक भएको छ ।

सन् २००६ ताका ट्रम्प र सन् १९९८ की प्लेब्वाई प्लेमेट अफ दि ईयर रहेकी क्यारेन म्याडोगलबीच अफेयर रहेको द न्युयोर्कर पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ ।

प्राप्त ८ पेजको दस्तावेजलाई आधार बनाउँदै पत्रिकाले ट्रम्पले त्यतिबेला म्याडोगललाई आफ्नो पत्नी मेलानियाको ट्रम्प टावरको बेडरुमसम्म लगेको र बेभर्ली हिलमा रहेको बंगलामा पनि लगेको उल्लेख गरेको छ ।

क्यारेनले शुक्रबार प्रकाशित समाचार साँचो भएको स्वीकार गरेकी छिन् । उनले ट्रम्पसँग यसबारे गोप्य राख्ने सम्झौता गरेको उल्लेख गर्दै थप केही कुरा बताउन नसक्ने बताइन् ।

ट्रम्पले उनको आमाको बारेमा भद्दा टिप्पणी गरेपछि दुईबीचको सम्बन्ध टुटेको बताइएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानका दौरान क्यारेनलाई १ लाख ५० हजार अमेरिकी डलर दिइएको पनि उल्लेख छ ।

ह्वाइट हाउसले भने ट्रम्पले क्यारेनसँग कुनै पनि सम्बन्ध नभएको बताएको स्पष्टिकरण दिएको छ ।

कथित अफेयर मेलानिया ट्रम्पले छोरालाई जन्म दिएको केही समयपछि शुरु भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप