बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली नेतृत्वको सरकारलाई विप्लवको चेतावनी, सार्वजनिक गरे संघर्षका नयाँ कार्यक्रम

मङ्गलबार, ०८ फागुन २०७४, १८ : ४६
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्ताहरुमाथिको धरपक्कड जारी राखे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सो चेतावनी दिएका हुन् ।  मंगलबार आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा पार्टी नेताहर सुदर्शन, पदम राई लगायतका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै विप्लवले तत्काल उनीहरुको रिहाईको माग समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छः  बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौंकि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्,  अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनुपर्ने छ । विज्ञप्तिमार्फत महासचिव विप्लवले आफ्नो पार्टीको नेतृत्वमा भएको नेपाल बन्द शानदार ढंगले सफल भएको दाबी समेत गरेका छन् । बन्द सफल बनाउन सहयोग गर्ने सबैमा उनले धन्यवाद समेत दिएका छन् ।

त्यस्तै, बन्दका क्रममा सरकारले गरेको धरपक्कडका बिरुद्ध सो पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । संघर्षका  कार्यक्रमहरुमा फागुन ९ गते कोण सभा, १० गते अन्तरक्रिया,  ११ गते केपी ओलीको पुत्ला जलाउने,  १२ गते प्रदर्शन र १३ गते देशव्यापी कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।                                       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप