बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ७ का मन्त्रीः कोही गेष्ट हाउसमा, कोही ज्योतिष देखाएर क्वार्टर सर्दै (फोटोफिचर)

मङ्गलबार, ०८ फागुन २०७४, २० : १२
मङ्गलबार, ०८ फागुन २०७४

धनगढी ।  समय: साँझ ७  बजे । 
स्थान: उद्योग वाणिज्य संघको गेष्ट हाउस, शुभम आवास गृह, धनगढी । 
दुई दिनअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री बिनिता चौधरी धनगढीमा रहेको उद्योग वाणिज्य संघको गेष्ट हाउस शुभम् आवास गृहको कोठा नम्बर ए वानमा बसेकी थिइन् । बाहिर उनका श्रीमान पर्शुराम चौधरी, उनका ६ महिनाका छोरालाई लिएर साथीसँग कुरा गर्दै बसेका थिए । गेष्ट हाउसभित्र भने नवनियुक्त मन्त्री विनिता चौधरीलाई भेटन र शुभकामना दिनेहरु थिए । संगै उनका सुरक्षाका लागि सशस्त्र प्रहरीका एक जवान पनि उभिएका थिए । 

उता सोही गेष्ट हाउसको कोठा नं. ए थ्रीमा नवनियुक्त भौतिक पूर्वाधार तथा विकास मन्त्री पठानसिंह बोहोरा आफ्ना ठूलो बुवाका छोरा भाई जयसिंह बोहोरासँग बसेका थिए । उनी झन्डै एक सातादेखि सोही गेष्ट हाउसमा बस्दै आएका छन् ।  सपथ ग्रहणको दिन बस्ने क्वाटरको ब्यवस्था हुन्छ भनिएपनि  आफूले अझै बस्ने ठाँउ नपाएको र भोली सम्म बस्ने बासको टुङ्गो लाग्ने उनले बताए । उनले आफ्नो मन्त्रालयमा एकजना मात्र कर्मचारी भर्खर आइपुगेको भन्दै काम गर्न असुविधा भएको गुनासो गरे । 
यता भूमि ब्यवस्था मन्त्री बिनिता चौधरी भने पर्सीबाट मन्त्रिक्वाटर सर्ने भएकी छिन् । धनगढीस्थित सिंचाई कार्यालयमा मन्त्रीहरुका लागि बसोबासको ब्यवस्था मिलाँइदैछ ।

 उद्योगमन्त्री भट्ट ज्योतिषी देखाएर क्वाटर सर्दै
यसैबीच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट भने मंगलबार बिहान मन्त्री क्वाटर सर्ने भएकी छिन् । सिंचाई कार्यालयमा उनका कोठा तयार भएको छ । सोमबार कोठा तयार भएपनि उनी ज्योतिषीले मंगलबार सर्न उत्तम हुने भएकोले केही दिनदेखि बस्दै आएको साथी होटलमा बसेकी छिन् । उनका सहयोगीको रुपमा काम गर्ने छोरा सुधिर भट्टले ज्योतिषीले मंगलबार सर्न भनेकोले आज स्थगित गरिएको बताए ।

 कुन मन्त्री कहाँ बस्छन ?
मन्त्रीहरुका लागि बस्ने आवासगृह तयार नहुञ्जेल कोही आफ्नै घरमा बसेका छन् भने कोही गेष्ट हाउस र होटलमा बसेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बसन्तपुरस्थित कृषि तालिम केन्द्रमा बसेका छन् । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह दिनेश होटलमा बसेका छन् । 
यता आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोरा भने धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । सामाजिक विकास मन्त्री दीर्घराज सोडारी पनि आफ्नै घरमा बसेका छन् । 
हेर्नुहोस तस्बिर: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप