बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, ०९ फागुन २०७४, ०६ : १२
बुधबार, ०९ फागुन २०७४

आजको राशिफल

बि.स.२०७४ फाल्गुन ०९ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रुवरी २१ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन शुक्ल पक्ष । तिथि षष्ठी ५७ घडी १२,रातको १ बजेर ३१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अश्विनी १४ घडी ०९ पला,दिउसो १२ बजेर १८ मिनेट उप्रान्त भरणी । योग शुक्ल ७ घडि १६ पला,बिहान ९ बजेर ३३ मिनेट उप्रान्त ब्रम्ह । करण कौलव,दिउसो २ बजेर १३ मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ३१ मिनेट उप्रान्त गर । 

 

आनन्दादिमा मृत्यू योग । चन्द्रराशि मेष । विश्व मातृभाषा दिवस  ।

काठमाडौंमा सूर्योदय ६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी १९ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले  भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । 

शुभ अंक — २ 

शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुँनेछन् । सवारि साधन प्राप्त हुँने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । बिशेष गरि हाईड्रो पावर,पानि तथा औषधि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुँनेछ । 

शुभ अंक — ३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ । सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । 

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुँनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई अरुभन्दा अब्बल  हुँनुहुँनेछ । स्वास्थ्य सबल हुने हुदा राम्रा तथा सकारात्मक कामहरु गर्न सकिनेछ ।

शुभ अंक —६

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ । वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । 

शुभ अंक — ७

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुँनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेहुँदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग — प्याजी

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निर्णयहरु तपाईको पक्षमा हुँनेछैनन् भने वादविवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानि गर्नु पर्ने हुनसक्छ । 

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुँनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो कमाई हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  भने भौतिक धन सम्पति लाभ हुँने समय रहेकोछ ।

शुभ  अंक — ९

शुभ रंग —  सुन्तला

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुँनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ ।

शुभ अंक —२

शुभ रंग — हरियो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — कफि

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप