बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु

बुधबार, ०९ फागुन २०७४, ०६ : २२
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । 
बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ  ।  
बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।
‘केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह–४ भवानीपुरमा हामीले सर्च अपरेशन चलाएका थियौं’ रुपन्देहीका एसपी ज्ञवालीले भने, ‘मोटरसाईकलमा सवार दुई जनासँग मुठभेट भएको छ, अञ्चल अस्पतालले दुवैलाई मृतका घोषणा गरिसकेको छ ।’
एसपी ज्ञवालीले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ । 
पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचीमा थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप