अनुमति बिनै छतमै हेलिकप्टर !
काठमाडौँ । राज्यले साना र गरिबलाई कसरी लठ्ठी लगाउँछ र ठूला र धनाढ्यले दोहोर्याएर गर्ने अक्षम्य गल्तीलाई पनि छपक्कै छोप्छ भन्ने जान्नुभयो भने दिक्क लाग्न सक्छ ।
सर्वसाधारणले सवारीचालक अनुमतिपत्र वा सवारीधनी प्रमाणपुर्जा नबोकी बाइक वा गाडी चलाउँदा समातेर जरिवाना असुल गराउने राज्यले धनाढ्य र ठालुहरुले भने अनुमति नलिई हेलिकोप्टर चलाउँदा पनि छुट दिइरहेछ ।
उपेन्द्र महतोले भैँसेपाटीमा मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएका छन् ।
गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टरबाट सोझै लगी अस्पताल भवनै छतमा बसाउन गर्न सक्ने सुविधा पनि उपलब्ध गराउने योजना छ ।
अस्पतालको छतमा हेलिकप्टर बसाउनुभन्दा अघि हेलिप्याडको भौतिक अवस्था, यसको दबाब थेग्न सक्ने क्षमता तथा ठूलो आवाजसाथ बस्ने र उड्ने भएकाले त्यस क्षेत्रका वासिन्दालाई असर पर्छ वा पर्दैन जस्ता अध्ययन गरिनुपर्ने हुन्छ ।
यी सबै प्रक्रिया पूरा गरेपछि उचित ठहरिएमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भवनमै हेलिकप्टर बसाउने र उडाउने अनुमति दिन सक्छ । तर, अनुमितका यी कुनै पनि प्रक्रिया नपुर्याइकन उपेन्द्र महतोको अस्पतालले हेलिकोप्टर ल्याउने र लैजाने काम शुरु गरिसकेको छ, आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा