बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवादमा तानिएपछि बोलिन् राजपा सांसद नरमाया

बुधबार, ०९ फागुन २०७४, १० : ३३
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–राजनीति वृतमा नामै नसुनिएकी नरमाया ढकाल राजपा नेपालबाट समानूपातिक सांसद भइन् र अचानक चर्चामा आइन् । तर, उनी को हुन् भन्नेसम्मको विस्तृत समाचार चाहिँ बाहिर आएन ।

उनले सांसद पद प्राप्त गर्नुलाई विभिन्न कोणबाट पनि ब्याख्या भयो । 

आफुमाथि उठेका अनैकौ प्रश्नको सांसद ढकालले एक अन्तर्वार्ता मार्फत जवाफ दिएकी छिन् ।

बुधवार एक साप्ताहिक पत्रिकाले सांसदहरुले चाहिँ स्मार्ट हुनै नमिल्ने हो र ? शीर्षकमा उनको अन्तर्वाता छापेको छ । 

अन्तर्वार्ताका केही प्रश्न उत्तर यस्ता छन्

नरमायाजी, तपाईंकै नाम त यूनिक छ नि है ?

अहिलेको अबस्थामा नाम त यूनिक नै सुनिन्छ, पुराना धेरै कुरा अहिले यूनिकझै लाग्छन् । मेरो नाम पनि पुरानो जमानाको हो । बुबा आमाले राखिदिनुभएको नाम मलाईचाहिँ राम्रो नलागेर परिवर्तन गरेकी हुँ । मेरा दाजुहरुको नाम प्रदीप र प्रल्लाह भएकाले मैले पनि आफैले चाहिँ प्रज्ञा राखेँ । घर परिवार र साथीहरुले प्रज्ञा भनेर चिन्छन् । 

तर, अव सवैले नरमाया ढकाल भनेर चिन्ने भए है ? 

हो, नागरिकतामा नरमाया भएपछि मेरो औपचारिक नाम त नरमाया नै हुने भयो ।

तपाईंको नाम पनि प्रचण्डका जस्तै धेरै भएछन् होइन ?

हासो, उहाँको बारेमा त मलाई थाहा भएन, मेरो त खै अब यस्तै नै भन्नुपर्यो । 

अलिकृष् पृष्ठभूमि बताइदिनुस् न ? 
म २०३८ मा धनगढीमा जन्मिएकी हुँ । बुबा सरकारी कामको सिलसिलामा सूदुरपश्चिममा रहदाँ त्यहीँ जन्मिए । बर्दियाँमा हुकिएँ, पछि स्याङ्जामा बसोवास भयो । मेरो दाजु प्रदीप ढकाल अहिले पशुपति विकास कोषका सदस्य सचिव हुनुहुन्छ । उहाँले हिन्दूधर्ममा शान्तिको अवधारणामा पीएचडी गर्नुभएको हो । दुई दाजुहरुको म एक्ली बहिनी, उहाँहरुले सधै मलाई केही गर्नका ला िउत्साह दिनुभयो । दाजुहरु प्रल्लाद र प्रदीप म जुन क्षेत्रमा लागेँ म सफल हुँ भन्ने चाहनुहुन्छ । भाउजु पनि मेडिकल डाक्टर हो । श्रीमान विष्णु लामिछाने फर्निचर व्यावसायी हुनुहुन्छ । परिवारका सवै सदस्य कुनै न कुनै व्यावसायीक जीवनमा छौँ । 

राजनीतिमा प्रवेश चाहिँ कसरी भयो ? 

राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुनुभएको बेला उहाँसँग पोखरामा भेट भयो । आफु संलग्न संस्थामार्फत स्वास्थ्यसम्बन्धी कुनै कामको शिलशिलामा उहाँसँग कुराकानी भएको थियो । उहाँले तपाईंले राम्रो काम गर्नुभएको रहेछ भनी मेरो कामको प्रशसा गर्नुभयो । निश्यन नै कामको प्शसा गर्दा खुसी लाग्छ नै । म प्रेरित भएँ र उहाँसँग त्यतिबेलै भनेँ कि हजुरहरुले अवसर दिनु भये अझै धेरै काम गर्न सक्छु होला । त्यसबेला देखि नै सम्पर्कमा रहेर काम गर्दै आएको हुँ । 

आफु सांसद बन्छु या बन्नुपर्छ भन्नेचाँहि तपाइको दिमागमा कहिलेदेखि आएको हो ?
त्यस्तै एक वर्षजति भयो होला  ।

नेताहरुले वचन पनि दिएका थिए त्यतिवेला ?
त्यस्तो थिएन । अहिले समानुपातिकमा दलले नाम राख्ने बेला भएपछि मात्रै मेरो नाम पनि लिष्टमा परेको हो । पार्टीको सदस्यता पहिल्यै लिएकी थिँए । नेता राजेन्द्र महत्तोले मेरो नाम राख्नुभएको हो । खस–आर्यबाट कसै न कसैलाई ल्याउने पर्ने थियो । उहाँले मलाई राख्नुभयो, पार्टीले स्वीकार गर्यो । मैले पार्टी र मुलुकलाई केही गर्न सक्छु भनेर नै उहाँले मलाई ठाउ दिनुभएको हो, मैले सकेको कोसिस गर्छु ।

तपाईंले त २ करोड खर्च गरेर सांसद पद खरिद गरेको हल्ला चलेको छ नि ?

मैले पनि सुनँे, अचम्म लाग्यो । म एउटा सामान्य सामाजिक कार्यकर्ताको रुपमा लागिरहेको मान्छेसँग कहाँबाट हुन्छ २ करोड ? म त आफुसँग अलिकति ब्यालेन्स हुनेवित्तिकै दुःखीपीडितलाई सहयोग गर्ने मान्छे हुँ । अनि कसरी २ करोड पुग्छ,मसँग र पार्टीलाई दिनु ? म आफै डेरामा बस्छु । कहाँबाट ल्याउनु त्यति धरै पैसा ? अघि नै भने हामी साधारण व्यवसायीक परिवारका मानिस हौँ । आफ्नै दुःख सुख गरेर आत्मसम्मानित जीवन बाँचिरहेका छौँ । पैसाको कुरा गलत हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप