शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनोजबाट ‘हत्या गरिएका’ आफन्तहरु इन्काउन्टरबारे के भन्छन् ?

बुधबार, ०९ फागुन २०७४, १० : ५३
बुधबार, ०९ फागुन २०७४

तेजेन्द्र के.सी.

बुटवल–रूपन्देहीमा गएराति प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आलेको शव अहिल लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।

लामो समयदेखि रूपन्देहीमा आतङ्क फैलाएका मनोज पुनको इन्काउन्टरको सम्बन्धमा प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।

रूपन्देहीमा दुर्गा तिवारी तथा बसन्त पौडेल बलुको हत्या गरेपछि त्रसिद बनेका यस क्षेत्रका बासिन्दाहरू पुनको इन्काउन्टरपछि के भन्छन् ।

नीलकण्ठ पौडेल (वसन्त पौडेलका बुबा) भन्छन्–अरू छोराहरू अब मर्दैनन्

रूपन्देहीको देवदह नगरपालिकामा लामो समयदेखि व्यवसाय गरेका वसन्त पौडेल बलुको गत पुस २१ गते आफ्नै काष्ठ उद्योगमा आगो तापेर बसेको बेलमा २ जना सुटर पठाई हत्या गर्न लगाएका थिए मनोज पुनले । देवदहकै सुकुम्बासी बस्तीबाट गुण्डा राजमा उदाएका पुनले पौडेललाई व्यवसाय गरेबापतको धम्क्याउँदै पटक पटक रकम माग गरेका थिए । रकम नदिएपछि गोली हानेर हत्या गरे ।

उनका बुबा नीलकण्ठ पौडेलले आज बिहान प्रहरीले गरेको इन्काउन्टर पछि रातोपाटीलाई यस्तो प्रतिक्रिया दिए ।

मनोज पुन अपराधी हो ।  मेरो छोरालाई मारिसकेपछि हाम्रो परिवार अझै पीडामा छ । हाम्रो क्षतिपूर्ति हुने कुरा भएन, अरू छोरा नमरून् भन्ने मेरो चाहाना हो । राज्यलाई च्यालेन्ज गरेर हिँडेको मान्छे जिउँदै समात्न पाएको भए राम्रो । यसले यहाँका अरू पनि समातिन्थे ।
 
चक्र तिवारी (दुर्गा तिवारी दाइ) भन्छन् –अरू भाइहरू मर्दैनन्
युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीका दाइ चक्र तिवारीले आजको घटनाबाट अन्य भाइहरू सुरक्षित रहेको बताए । उनले भने, ‘मनोज पुन प्रहरीको मोस्ट वान्टेड थियो । मुडभेडमा मृत्युको कुरा जानकारी आयो । हामीले मनोज पुन मान्छेलाई देखेका छैनौँ मरेको भए पनि अनुहार हेर्न मन छ । आजको घटनापछि हाम्रो परिवारमा केही न्याय भएको अनुभूति गरेका छौँ ।  

मरेर गएको मेरो भाइ दुर्गा त आउँदैनन् तर केही खुसी ल्याएको छ । दुर्गाका  धेरै साथीको आयु बढ्यो । धेरैको सिन्दूर पुछिनेवाला थियो ।’

तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो ।

हीराबहादुर केसी, देवदह नगरपालिका प्रमुख भन्छन्– देवदहबासीलाई सन्तोष मिल्यो ।

प्रहरीले सफलता प्राप्त गर्यो । जिउँदो भएको भए अझ केही थप अनुसन्धान गर्न सकिने थियो । यो घटनाले धेरै व्यक्तिले सुरक्षित महसुस गरेका छन् । पुनले पटक पटक देवदहबासीलाई धम्क्याउने तथा चन्दा माग्ने काम पनि गरिरहेको थियो । प्रहरीको इन्काउन्टरपछि अब देवदहबासीलाई सन्तोष मिलेको छ ।  

सिद्धिचरण भट्टराई एमाले जिल्ला कमिटी सदस्य तथा स्थानीय देवदहबासी भन्छन्– अपराध नियन्त्रणका लागि राजनीतिक दल सचेत हुन आवश्यक छ ।

मनोज पुनको इन्काउन्टरपछि देवदहबासी तथा एमाले जिल्ला कमिटी सदस्य सिद्धिचरण भट्टराई घटनास्थल पुगेर फर्किए । उनले आफू घटनास्थलमा पुग्दा २ वटा मोटरसाइकल र प्रहरीले मुचुल्का उठाइरहेको अवस्थामा त्यहाँ पुगेको बताए । त्यस आसपासका व्यक्तिहरूले राति गोली चलेको सुनेको बताए । घटनालाई सकातारत्मक रूपमा लिएको बताए  । यो प्रहरीको ठूलो उपलब्धि हो, उनले भने– सन्तोष दिने समाचार बनेको छ । यस्ता अपराधलाई नियन्त्रण गर्न राजनीतिक दल तथा समाजका गन्यमान्य व्यक्तिले सोच्नु उपयुक्त छ ।
                        
युवा सङ्घ रूपन्देही अध्यक्ष भन्छन्, सबैका लागि खुसीको खबर
आफ्ना हुनहार मित्रजनमाथि तथा देशमा नै आतङ्क मच्चमइरहेको पुनको इन्काउटर भएको खबरले आफूहरू खुसी भएको युवा सङ्घ रूपन्देही अध्यक्ष नकुल शाहीले बताएका छन् ।

सीआईबीको टोलीले गरेको यो कार्यको सराहना गर्दै यो कार्यले सबै सुरक्षित महसुस गरेको बताए । एकपछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीका लागि पुन समूह टाउको दुखाइ हुँदै आएको थियो ।

यस किसिमको इन्काउन्टरले आपाराधिक क्रियाकलाप गर्ने व्यक्तिको मनोबाल घट्दै जाने बताउँदै अध्यक्ष शाहीले अबका दिनमा व्यवसायी तथा राजनीतिक कर्मीहरू पनि सुरक्षित महसुस गर्न सकिने बताउँछन् ।

उनले नेपाल प्रहरीलाई कमजोर ठानेर गरिँदै आएको प्रवृत्तिप्रति पनि यसले रोक्ने र दिनदहाडै अब धम्कीपूर्ण फोन आउन बन्द हुने बताए । साथै नेपाल प्रहरी र सीबीआईको टोली मिलेमा सबै काम गर्न सक्ने भन्दै डरको आडमा लुट्ने प्रवृत्ति हटेको बताए ।

बिहान ३ः३० मा भएको इन्काउन्टरपश्चात प्रहरीले शवलाई लुम्बिनी अञ्चल अस्पतालमा राखेको छ । उसलाई ननिकाल्दासम्म आफूहरू यहाँबाट नहट्ने उनको अडान छ ।

रूपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि एक्कासि आक्रमण भएपछि जवाफी कारवाही गरेको रूपन्देहीका एसपी श्याम ज्ञवालीले पुष्टि गरे ।

सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताएका छन् ।

युवा सङ्घका रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा सङ्घकै कार्यकर्ता वसन्त पौडेल बलु तथा काठमाडौँ समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा पुन समूहले लिएको थियो ।

थप समाचार

इन्काउन्टरमा मनोजलाई १२ गोली

DEVELOPING STORY : मनोज पुन जो गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए

प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप