इन्काउन्टरमा मनोजलाई १२ गोली

काठमाडौं-इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ ।
पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् ।
प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ ।
अगाडीको भागमा ८ वटा गोली लागेका छन् ।
बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ ।
उता दायाँ हातको पाखुरामा १ गोली लागेको प्रहरी मुचुल्कामा छ।
त्यसै गरी सोम बहादुर आलेलाई १० गोली लागेको छ ।
उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।
थप समाचार
DEVELOPING STORY : मनोज पुन जो गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए
प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु
मनोजबाट ‘हत्या गरिएका’ आफन्तहरु इन्काउन्टरबारे के भन्छन् ?
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ