मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

खेताला शिक्षक राख्नेको जागिर चट् !

बुधबार, ०९ फागुन २०७४, १० : ५९
बुधबार, ०९ फागुन २०७४

जाजरकोट– जाजरकोटमा खेताला राखेर शिक्षकको जागीर खाने दुई जनाको जागिर गएको छ । 
जिल्लाको नलगाड नगरपालिका वडा ४ मा रहेको भानुभक्त प्राथमिक विद्यालयका शिक्षक कैलाशसिंह खत्री र वडा नं ५ मा रहेको ज्ञानोदय प्राथमिक विद्यालय वाउसीखोलामा कार्यरत शिक्षक वीरजीत घर्तीले लामो समयदेखि खेताला शिक्षक राखेर जागिर खाएको पाईएपछि जागिरबाट अबकास दिईएको नलगाड नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
 फागुन १ गतेदेखि लागु हुनेगरि जागिरबाट वरखास्त गरिएको स्रोत व्यक्ति योगेन्द्र आरसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप