‘ब्लाइन्ड रक्स’का कारण किन उत्साहित बेनिसा ?
काठमाडौं – अभिनेत्री बेनिशा हमाल अहिले चर्चामा छिन् । दृष्टि विहीन युवती सृष्टि केसीको जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘ब्लाइन्ड रक्स’ अभिनयका कारणले उनको अहिले चर्चा चुलिएको हो ।
१८ फागुनबाट प्रदर्शनमा आउँने चलचित्रको प्रचारमा समेत उनी चारै तिर छाउन थालेकी छन् । केही समयको अन्तरालमा आफ्नो चलचित्र रिलिज हुन लागेकोले आफु निकै उत्साहित रहेको उनले बताइन् । चलचित्रले आफ्नो अभिनय जीवनमा नयाँ उचाही बनाउने सुनाइन् ।
यो चलचित्रमा काम गर्न उनले आफ्नो तौल समेत घटाएकी थिइन्, भने केही समय श्रृष्टीको आनीबानी, बोलीचाली सबै सिकेकी थिइन् ।
‘ब्लाइन्ड रक्स’ मिलन चाम्सले निर्देशन गरेको चलचित्र हो । निकेश लिम्बुले यसलाई निर्माण गरेकी हुन् । एन फिल्मस् क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको छ ।
चलचित्रमा वेनिशाको अलवा अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारको पनि अभिनय रहेको छ । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको कथा यम थापा र सुमन उप्रेतीले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै