बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी बैठकमा प्रचण्डले सुनाए मन्त्रीको योग्यता, बादलले नेतृत्व गर्ने निश्चित

बुधबार, ०९ फागुन २०७४, १२ : १९
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी नेताहरुसँगको अनौपचारिक बैठकमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको योग्यता सुनाएका छन् । समृद्धि र विकासमा नतिजा दिनसक्ने योग्य, दक्ष र प्रतिबद्ध नेता सरकारमा सहभागी हुने सुनाएका हुन् ।

आज विहान आफ्नो निजि निवासमा करिव एक दर्जन नेतासँग प्रचण्डले केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीकावारेमा बताएका थिए ।

बैठकमा सहभागी एक नेताले प्रचण्डको भनाई उद्धृत गर्दै भने 

–प्रधानमन्त्री ओलीसँग ‘वान टू वान’ कुरा गरेपछि सके आजै नभए भोलिसम्ममा पार्टीका तर्फबाट सरकारमा सहभागी नेताको नाम टुंगाइनेछ । 

–कति मन्त्रालय र कुन मन्त्रालय पाउने भन्ने अझै टुंगिएको छैन् ।  प्रधानमन्त्री ओलीसँग कुरा गरेपछि थप छलफल गरेर नाम टुंगाउनुपर्छ । 

–प्रधानमन्त्री ओलीसँग राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका विषयमा पनि कुरा हुन्छ । 

–सके एकै चरणमा र नभए चरण–चरणमा नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराइनेछ । 

–सरकारको नेतृत्व बादलले गर्ने विषयमा करिव–करिव निश्चित भएको छ ।

–सरकारमा जाने नेता योग्य, दक्ष र प्रतिबद्ध हुनुपर्नेछ । अहिलेको प्रतिस्पर्धामा अगाडि हुने नेता चाहिनेछ । यसपाली नतिजा निकाल्न सक्ने मन्त्री चाहिन्छ ।

माओवादीमा मन्त्रीका आंकाक्षी धेरै छन् । 

प्रधानमन्त्री ओली र प्रचण्ड एकैसाथ पुगे शीतल निवास

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप